मजदुर संगठनको पहलमा १५० रुपैयाँको बिमाबाट मजदुर ले पाए ८९०००
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वातन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियन (नेस्वहोमयु) लगायत अन्टुफ आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदूर संघ र एनटियुसी आवद्ध नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघद्वारा कार्तिक १० गते संयुक्त बिज्ञप्ती मार्फत हायात रिजेन्सी होटल तत्काल मर्मत कार्य अगाडी बढाई श्रमिकहरुलाई काममा फर्काउन होटल व्यवस्थापन पक्षसंग माग गरेको छ ।
बिज्ञप्तीमा श्रमिकहरुका सम्वन्धमा कुनै पनि पक्षबाट हुने निर्णयहरु श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐन २०७४ मा भएको ब्यवस्थाका आधारमा हुनु पर्ने भन्दै विवादको समाधान होटल व्यवस्थापन र सम्वन्धित प्रतिष्ठानका श्रमिक प्रतिनिधि र ट्रेड यूनियनहरु बिचको सम्वादबाट समाधान खोज्न होटल व्यवस्थापन पक्षसंग माग गरेको छ ।