नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेस्वहोमयु हायात रिजेन्सी होटल प्रतिष्ठान स्तरको ट्रेड युनियन लगायत नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध प्रतिष्ठान स्तरको ट्रेड युनियनहरूले कार्तिक ९ गते संयुक्त बिज्ञप्ती जारीगरी होटल प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिई होटल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न आग्रह गरेको छ ।
गत भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा होटेलमा भएको तोडफोड र आगजनीका कारण होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्येनजर गर्दै प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भई सुचना जारी गरिएको भन्ने भ्रम पुर्ण सुचना जारी गरिएको प्रती प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरूको गम्भीर ध्यान आकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
बिज्ञप्तीमा होटलमा क्रियाशिल कुनै पनि ट्रेड युनियनसँग होटल वन्द गर्ने सर्न्दभमा कुनै छलफल, सहमती तथा समर्थन नभएको भन्दै आन्दोलनका क्रममा भएको क्षति मर्मत संभार पश्चात होटल तुरुन्त सञ्चालन गर्न सकिने अवस्था रहेको समेत स्पष्ट गरेको छ।
आन्दोलनको क्रममा हिल्टन होटल पूर्ण रूपमा क्षतिग्रस्त हुँदा समेत आफ्ना श्रमिकहरूलाई अन्य विदेशस्थित होटलहरूमा रोजगारी सिफ्ट गरेर सुरक्षित गरेको र भाटभटेनी सुपरमार्केटले क्षतिग्रस्त शाखाहरूमा कार्यरत श्रमिकहरूलाई निष्कासन नगरी संरक्षण गरेको उदाहरणहरू सकारात्मक र श्रमिक-मैत्री अभ्यास भएको भन्दै नेपाल सरकार र सम्बन्धित निकायहरूलाई घटनाको निष्पक्ष छानबिन गरी क्षति पुर्याउने पक्षमाथि आवश्यक कारबाही गर्न र श्रमिकहरूको रोजगारी सुरक्षित गर्न अनुरोध समेत गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा कार्तिक ३ गते अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस (अक्टोबर २०) कार्यक्रम सम्पन्न भएको छ ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसको शुभकामना दिनुहुँदै नेपालमा बदलिएको राजनैतिक परिवेशमा ट्रेड युनियन आन्दोलनको भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले अराजक समूहले जिफन्ट भवनको तोडफोड गरी लुटपात गरी पुऱ्याएको क्षतिको निन्दा गर्दै श्रमिकहरूको पसिनाले ठड्याएको श्रमिकहरूको आफ्नो भवन श्रमिकहरूकै सहयोगमा अझ व्यवस्थित तथा आधुनिक ढङ्गले निर्माण गर्ने बताउनु भएको छ ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस र तिहार तथा नेपाल सम्बत् ११४६ को शुभकामना व्यक्त गर्नु हुँदै आन्दोलनको नाममा भएको विध्वंस र प्राकृतिक प्रकोपको कारण भएको धन र जनको क्षतिले नेपाली समाजमा पुऱ्याएको क्षतिका कारण उत्पन्न भइरहेको असहज अवस्थामा मनाउन गइरहेको चाडबाडहरूले सद्भाव, शान्ति र आशा जगाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन हुन महासचिव ज्ञानु केसीले गर्नुभएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122172875486435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २८ गते भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालीकामा र असोज २९ गते ललितपुर जिल्लाको माहालक्ष्मी नगरपालिकामा ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धमा १ दिने तालिम संचालन गरेको छ ।
सुर्यबिनायक र महालक्षमी नगर पालिकामा कार्यरत सरसफाइ क्षेत्रका श्रमिकहरूको सहभागिता रहेको तालिम कार्यक्रममा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरे र जुनु मिश्रले तालिम दिनु भएको थियो ।

जिफन्ट आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा)द्वारा सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालीकामा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम असोज २६ र २७ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा ट्रेड युनियन आधारभुत ज्ञान, नेभाको नीति तथा कार्यक्रम, श्रम कानुन र योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा नेभा केन्द्रीय अध्यक्ष गिता थिङ्ग, महासचिव निल कुमारी महर्जन, सदस्य भवानी अधिकारी, भिमु रोकाय रिजाल र जिफन्ट कर्णाली प्रदेश सचिव श्रीपाल सारू मगरले प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी असोज २७ गते यशोदा वलि खत्रीको अध्यक्षतामा नेभा सुर्खेत जिल्ला समन्वय कमिटी गठन गरेको छ ।
नेभा केन्द्रीय अध्यक्ष गिता थिङ्गको प्रमुख अतिथ्यतामा भएको कमिटी गठन कार्यक्रममा बिरेन्द्रनगर पालिका उपप्रमुख निल कण्ठ खनाल, जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्दा धामी, स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश अध्यक्ष अमर बहादुर राना लगायत अतिथीहरूको उपस्थिती रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २७ गते योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
किर्तिपुर र महालक्ष्मी नगर पालीकामा सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरू सहभागी रहेको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाको वर्तमान अवस्था तथा यसका चुनौतीहरू, स्थानिय तहमा श्रम डेस्कको स्थापना तथा श्रमिक पञ्जिकरण र श्रम कानूनको प्रभावकारी कार्यान्वयन लगायतका बिषयमा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले प्रकाश पार्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध क्युपेक नेपाल सुनसरी जिल्ला कमिटीको चौथो बैठक असोज २६ गते जिल्ला कार्यालयको सभाहलमा सम्पन्न भयो ।
क्यपेक नेपाल उपमहासचिब मुत्तिनाथ गिरी लगायतका नेताहरूको उपस्थीतीमा भएको बैठकले गत भदो २४ गते जिफन्ट केन्द्रीय कार्यालयमा अराजक समुहले गरेको तोडफोड तथा लुटपाटबाट पुर्यायको क्षेतीलाइ पुनरनिर्माण गर्न क्युपेक सदस्यहरूले १ दिन कम्तिमा बराबरको पारीश्रमिक सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जिल्ला कमिटी मातहतमा रहेका पालिका कमिटीहरूको योजना बैठक बस्ने, तिहार २०८२ को सन्दर्भमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।