Home Affiliates Activities

नकुल पटेलको अध्यक्षमा डि एभी केडियामा कमिटी गठन

जिफन्ट आबद्ध  निजी तथा आवासिय विद्यालय शिक्षक कर्मचारी यूनियन (प्याब्स्यु) डि एभी केडिया स्कूलको पुस ५ गते सम्पन्न तेश्रो अधिवेशनले नकुल पटेलको अध्यक्षमा ७ सदस्य कमिटी निर्वाचित गरेको छ । 

जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा  जिफन्ट राष्ट्रिय कमिटी सदस्य आनन्द थामी,  गीता भण्डारी, प्रदेश सचिब मुक्ती चौधरी लगायतका अतिथीहरू उपस्थीत रहेको थियो 

नेस्वहोमयुले ४६औं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्व नेस्वहोमयुद्वारा पुर्व अध्यक्ष स्व. माधव न्यौपानेको स्मृतीमा स्थापना गरेको छात्रबृत्ति एवं सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार युनियनको ४६औं स्थापना दिवसको सन्दर्भमा पुस ४ गते  बितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष  बिनोद श्रेष्ठले पुरस्कार बितरण गर्नुहुंदै होटल क्षेत्रमा नियमित  रोजगारीको संख्या भन्दा आउट सोर्स कम्पनीबाट अएका श्रमिकहरूको संख्या बढी रहेको तर ती श्रमिकहरूलाइ संगठनको दायरामा ल्याउन नसक्नु अहिलेको युनियन अन्दोलनको ठुलो चुनोती रहेको बताउनु भयो ।

श्रम एेन  २०७४ अनुसार कुनै पनी प्रकृतिका श्रमिकहरू कानुन भन्दा बाहीर रहन नसक्ने स्पष्ट रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले युनियन आन्दोलनलाइ बलियो बनाउन आउट सोर्सबाट आएका श्रमिकहरूलाइ पनि समेटनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष श्रेष्ठले नेस्वहोमयुको गौशवशालि इतिहासको सम्झना गर्दै श्रमिक हक, हित र खोसिएका अधिकार प्राप्तीकालागी यस क्षेत्रमा क्रियाशिल सबै युनियनहरूको दृढ संकल्प, साझा धारणा अवश्यक रहेको बताउदै जिफन्टले बिगतमा जस्तै अगामि दिनमा पनि  सहयोग गरीरहेने प्रतिवद्धता समेत जनाउनु भएको थियो  । 

कार्यक्रममा यस बर्षको सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्टले प्राप्त गरेको को छ भने स्व. माधव न्यौपाने स्मृति छात्रबृत्ति पुरस्कार अन्तरगत छात्रा तर्फ गोकर्ण फरेष्टमा कार्यरत नेस्वहोमयु सदस्य केशव राज सापकोटाका सुपुत्री कृतिष्मा सापकोटालाइ र छात्र तर्फ द सोल्टी होटलमा कार्यरत युनियन सदस्य बुद्धी बहादुर थापाका छोरा कपिल थापा मगरले सम्मान सहित जनही नगद रू १०/१० हजार प्रदान गरेको थियो । 

नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा युनिट्राभ अध्यक्ष सुमन पराजुली, होटेल एशोसिएसन महासचिव साजन शाक्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेस्वहोमयु महासचिब कमल धिमिरेले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष ललिता केसीले  स्वागत गर्नु भएको थियो । 


इस्टन सुगर मिल्सको अध्यक्षमा रामदेव चौधरी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) इस्टन सुगर मिल्सको पुस ३ गते सम्पन्न १० औं  अधिबेशनले रामदेव चौधरीको अध्यक्षतामा ११ सदस्य कमिटी र काशीराम चौधरीको संयोजकत्वमा ६ सदस्य सल्लाहकार समिती निर्वाचित गरेको छ ।

जिफन्ट कोशि प्रदेश अध्यक्ष  किशोर धमलाको प्रमुख अथित्यतामा सम्पन्न अधिवेसनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, जुगकाटेमयु प्रतिनिधि परिशद प्रमुख धर्मानन्द सन्जेल लगायतका अतिथीहरूको उपस्थीत रहेको थियो । 

दुखमोचन मलाहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट निर्वाचित कमिटिलाइ ह्विन उपाध्यक्ष मनोज मगरले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियो ।

निर्माण क्षेत्रमा सामाजिक सुरक्षा बिषयमा अन्तरक्रिया सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) ले निर्माण क्षेत्रमा योगदानमा आधारीत सामाजिक सुरक्षा बिषयमा मंसिर ९ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा जिफन्ट सामाजिक सुरक्षा बिभागका सचिब तारानिधि पन्त, बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरन्जिवि न्यौपाने र ललितपुर महानगर पालिका उपप्रमुख मन्जरी शाक्यले मन्तब्य राख्नु भएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविलाइ सम्मान

नेपालको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ दक्षिण पूर्व एशिया क्षेत्रीय जनस्वास्थ्य च्याम्पियन पुरस्कार प्रदान गरेको छ ।

रुबेला निवारणकालागि उत्कृष्ट कार्य गरे बापत मंसिर ३ गते काठमाडौं अयोजित एक कार्यक्रममा नेपाल सरकारबाट सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका हरुलाई सम्मान गरेको हो ।

स्वास्थ्य मन्त्री डा : सुधा शमाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिश्व स्वास्थ्य संगठन (WHO ) का डा: क्यातिरेना नेपाल स्वास्थ्य स्यमसेबि सध (नेभा) केन्दिय अध्यक्ष गिता थिङ्ग, नेपाल स्वास्थ्य स्यमसेवक सघका अध्यक्ष बसन्ती महर्जन लगायतका नेताहरूको सहभागीत रहेको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरूको समस्याका बारेमा छलफल भएको थियो

स्वास्थ्य स्वयंसेविकाहरु र सरोकारवाला बिच सम्बाद कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले स्वास्थ्य स्वयंसेविकाहरूलाइ प्रदेश र स्थानीय सरकारले नीति र कार्यविधिहरु बनाएर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने र तीनिहरूको काम मर्यादित हुनु पर्ने बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले कार्तिक २६ गते पब्लिक सर्भिस इन्टरनेशनल पिएसआइ नेपाल कमिटीको आयोजनामा सरोकारवालाहरु र स्वास्थ्य स्वयंसेविकाहरुसंग भएको सम्बाद कार्यक्रम सो कुरा बताउनु भएको हो ।

एनटियुसी अध्यक्ष योगेन्द्र कुंवर, सार्टुक महासचिब लक्ष्मण बस्नेत, जिफन्ट आवद्ध नेभा अध्यक्ष गिता थिङ लगायतले मन्तब्य राख्नु भएको कार्यक्रममा जनप्रतिनिधीहरूको सहभागिता रहेको थियो ।