Home Affiliates Activities

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको तेस्रो अधिवेशन मंसिर १३ गते हुने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको बार्हौ बैठक प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीको अध्यक्षता मिति असोज २५ गते पोखरामा सम्पन्न भयो । 

जिफन्ट गण्डकी अध्यक्ष रुद्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संगठन प्रदेश कमिटिको तेस्रो अधिवेशन आगामी मंसिर १३ गते आयोजना गर्ने निर्णय गरेको छ । 

बैठकलाई संबोधन गर्दै प्रमुख अतिथि खत्रीले बर्तमान परिवर्तित परिस्थितिमा संगठनको भुमिका, संगठनका नेता कार्यकर्ताको काम, कर्तब्य,अपनाउनु पर्ने तरिका, श्रमिक माथि हुन सक्ने अन्याय, अत्याचार र बिभेदका बिरुद्द शसक्त भुमिका निर्बाह गर्नुपर्ने कुरा बताउनु भएको थियो ।
 

नेपाल सफाइ कर्मचारी युनियनद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा असोज २५ गते काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा छुट्टाछुट्टै भएको कार्यक्रममा अनौपचारिक क्षेत्र क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षाको वर्तमान अवस्था तथा यसका चुनौतीहरू, स्थानिय तहमा श्रम डेस्कको स्थापना तथा श्रमिक पञ्जिकरण र श्रम कानूनको प्रभावकारी कार्यान्वयन लगायतका बिषयमा नेपाल सफाइ कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली, पुर्वअध्यक्ष मदन देउला र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले प्रकाश पार्नु भएको  थियो ।

अन्तरकृया कार्यक्रममा काठमाण्डौ महानगर पालीका र सुर्यबिनायक नगर पालिकामा सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरूको सहभागीता रहेको थियो ।


सरकारले तोकेकोभन्दा बढी भाडा नलिन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अनरोध

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्द नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सरकारले तोकेकोभन्दा बढी भाडा नलिन र सके जति यात्रुहरूको सेवालाई सहज बनाउन सम्पूर्ण यातायात श्रमिकहरूलाई अनुरोध गरेको छ ।

चाडको बेला यात्रुहरूसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरू विगतमा आउने गरेकाले यस्ता गुनासोहरू आउन नदिन सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले यातायात मजदुरहरूलाई अपिल गरेका हुन् ।

यात्रुहरूसग बढी भाडा लिएको उजुरी परे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कानुनी कारबाही समेत हुनसक्ने भएकाले यसबारे सबै श्रमिकहरु सजग हुन सङ्गठनले आह्वान गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा अध्ययन सहयोग प्रदान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले असोज ६ गते गत साउन २७ गते सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्कीलाई अध्ययन खर्च बापत १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ । 

१३ वर्षीया कार्की कोभ्रे जिल्लाको नाला स्थीत उग्रचण्डी बोर्डिङ स्कुलको कक्षा ७ मा अध्धयनरत रहेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा दशै उपहार चिठ्ठा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले हरेक वर्ष संचालन गैदै आइरहेको उपहार कार्यक्रम असोज ६ गते घटस्थापनाका दिन संगठन प्रदेश कार्यालयमा खोलेको छ ।

उपहार कार्यक्रम अन्तर्गत प्रथम उपहार १ जनालाई ल्यापटप, बम्पर उपहार ३ जनालाई खसी, दोस्रो उपहार १ जनालाई मोबाइल, तेस्रो उपहार १ जनालाई राइसकुकर, चौथो उपहार १ जनालाई प्रेसर कुकर, पाचौँ उपहार १० जनालाई आइरन, सान्त्वना उपहार १ सय ५० जनालाई भित्तेघडी उपहार वितरण गरिएको संगठनले जानकारी दिनु भएको छ । 

प्रदेश कमिटी अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उपहार वितरण कार्यक्रममा केन्द्रीय अध्यष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपाल, जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठन उपाध्यक्ष नवराज धिमिरे, केन्द्रीय सदस्य कमल सापकोटा, धनमाया सुनुवारको सहभागीता थियो । 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अलपत्र यात्रु तथा सवारी मजदुरहरूको उद्धार टोली गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक असोज ३ गते खसेको पहिरोको कारण अलपत्र यात्रु तथा सवारी मजदुरहरूको उद्धार तथा सहयोगका लागि संगठनका महासचिव केशव थापाको नेतृत्वमा विशेष टिम परिचालन गरेको छ ।