नाबुन अध्यक्षमा सुजना जोशी निर्वाचित

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध रास्ट्रीय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन)को कार्तिक १३ गते सम्पन्न पाचौं अधिबेशनले सुजना जोशीको अध्यक्षतामा नया कमिटी निर्वाचित गरेको छ ।

पम्फा पहाडी देवकोटाको अध्यक्षतामा भएको अधिवेशनको उद्धाटन गर्नु हुंदै  प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले यस क्षेत्रलाइ मर्यादित बनाउन युनियनले खेल्नु पर्ने भुमिका र बर्तमान अवस्थामा बदलियको राजनितिले ट्रेड युनियन अन्दोलनमा परेको असर र युनियनले खेल्नु पर्ने भुमिकाका बारेमा चर्चा गर्नु भएको थियो  

जिफन्ट महासचिब लक्ष्मण शर्माको नेतृत्वमा गठन भएको अध्यक्ष मण्डलले  संचालन गरेको बन्द शत्रमा पम्फा पहारी देकोटाले पेश गर्नु भएको बिधान संशोधन प्रस्ताब, सुजना जोशीले पेश गर्नु भएको संगठानिक प्रतिवेदन तथा अर्थिक प्रतिवेदन सर्वसम्मत पारीत गरेको छ ।

त्यसैगरी जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ प्रमुख रहनु भएको निर्वाचन मण्डलबाट निर्वाचित कमिटीलाइ उपाध्यक्ष श्रेष्ठले बधाइ  तथा प्रमाण पत्र प्रदान गरेको थियो भने  ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122174303054435116&type=3