Home Affiliates Activities

पर्यटन बस इकाईको अध्यक्षमा सुदर्शन खत्री चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पर्यटन बस इकाईको पुस ९ गते सम्पन्न भेलाले सुदर्शन खत्रीको अध्यक्षमा ११ सदस्य कमिटी गठन भएको छ । 

संगठन केन्द्रिय उपमहासचिव बिष्णु बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा भएको  भेलाको अध्यक्षता सोमत शेरचनले गर्नु भएको थियो ।

त्यसैगरी संगठन अरनिको रूट ट्रक इकाई कमिटीको नवौँ बैठक केन्द्रीय अध्यक्ष भिम ज्वाला राइको उपस्थीतीमा पुस १० गते बालाजुमा सम्पन्न भएको छ ।

त्यसैगरी संगठन लुम्बिनी प्रदेश कमिटीद्वारा पुस १० गते दाङ जिल्लाको भालुबाङमा सदस्यता बिस्तार तथा नवीकरण अभियान संचालन गरेको छ ।


 

नाबुन गोदाबरी नगरपालिका अध्यक्षतामा गंगा बिष्ट चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन बाग्मती प्रदेश कमिटीद्वारा पुस ८ गते ललितपुर जिल्लाको गोदाबरी नगरपालिकामा  सौन्दर्यकर्मीहरूको भेला सम्पन्न गरेको छ ।

नाबुन बाग्मती प्रदेश अध्यक्ष करूणा पुरीको अध्यक्षता र केन्द्रीय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्यमा भएको भेलाले गंगा बिष्टको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ।
 

नाबुनद्वारा योजना कार्यशाला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) द्वारा पुस ६ गते देखी जिफन्ट स्कुल अनामनगरमा प्रशिक्षण तथा योजना कार्यशाला आयोजना गरेको छ ।

प्रशिक्षण तथा योजना कार्यशाला शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालको बर्तमान ट्रेड युनियन आन्दोलनको अवस्था र आगामी कार्यभारको बारेमा प्रकाश पार्नु हुंदै युनियनले आगामी कामको योजना बनाइ रहंदा बदलिएको परीवेशलाइ ध्यान दिंदै युनियनको कार्यशैलीलाइ प्रबिधी मैत्री कसरी बनाउन सकिन्छ भन्ने कुरालाइ ध्यान दिनु पर्ने बताउनु भयो । 

हिजो र आज २ दिन सम्म संचालन भएको प्रशिक्षण तथा योजना कार्यशालामा ट्रेड युनियन आधारभुत ज्ञान र संगठन निर्माण कला बिषयमा जिफन्ट उपाध्यक्ष तथा शिक्षा बिभाग प्रमुख बिदुर कार्कीले, नेतृत्व निर्माण र परीचालन बिषयमा महासचिब लक्ष्मण शर्माले प्रशिक्षण दिनु भएको थियो ।
 

क्युपेकद्वारा निर्माण श्रमिकहरुको लागि सामाजिक सुरक्षा पहुच बिषयमा कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) केन्द्रीय कमिटीद्वारा पुस ६ गते मकवानपुर जिल्लाको हेटौडामा निर्माण श्रमिकहरुको लागि सामाजिक सुरक्षा पहुचको प्रर्वधन र सुदृढीकरण बिषयमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्यूपेक उपाध्यक्ष योगेन्द्र शर्मा, महासचिब राजेन्द्र बिष्ट लगायतका नेताहरूको सहभागिता रहेको थियो । 
 

दमौलीमा अटो मेकानिक भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तनहुँ जिल्ला कमिटी अन्तरगत अटो मेकानिक दमौली इकाई कमिटीको भेला पुस ५ गते सम्पन्न गरेको छ । 

भेलाको प्रमुख अतिथि संगठन गण्डकी प्रदेश उपाध्यक्ष वेनीराज थिङले संगठन ब्यबस्थापन र योगदानमा अधारीत सामाजिक सुरक्षाका बारेमा प्रकाश पार्नु भएको थियो भने संगठनका पुर्व तनहुँ जिल्ला अध्यक्ष सुर्य पौडेलले सडक दुर्घटना न्युनिकरणका बारेमा मन्तब्य राख्नु भएको भेलाको अध्यक्षता प्रसाद भुजेलले र संचालन नन्द राम सापकोटाले गर्नु भएको थियो । 
 

क्यूपेक नेपालद्वारा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबध्द क्यूपेक नेपालद्वारा पुस ५ गते काठमाण्डौमा बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा जिफन्ट उप-महासचिब नरनाथ लुईटेल र बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले संगठनको ईतिहास र बर्तमान परिबेसमा संगठनको भुमिका, श्रम कानुन, श्रम डेक्स स्थापना लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।