नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन बाग्मती प्रदेश कमिटीद्वारा पुस ८ गते ललितपुर जिल्लाको गोदाबरी नगरपालिकामा सौन्दर्यकर्मीहरूको भेला सम्पन्न गरेको छ ।
नाबुन बाग्मती प्रदेश अध्यक्ष करूणा पुरीको अध्यक्षता र केन्द्रीय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्यमा भएको भेलाले गंगा बिष्टको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ।