Home Affiliates Activities

अदालतले दीपककुमार वैश्यलाइ पुनःबहाली गर्न आदेश

इन्नोभेटिभ फर्माल्याबले बिनाकारण रोजगारीबाट हटाउएका दीपककुमार वैश्यलाइ पुनःबहाली गर्न अदालतले आदेश दिएको छ ।

प्रतिष्ठानले २०८१ पुस १४ गते देखी सुनुवाइको मौका नै नदिई सेवाबाट अवकाश दिएको प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएकाले उक्त निर्णय बदर हुने र पुनरावेदकलाई अवकाश गरिएको मितिदेखि पुनःबहाली नहुँदासम्मको पारिश्रमिक तथा सेवासुविधा प्रतिष्ठानबाट पाउने गरी पुनःबहाली गर्न अदालतको आदेशमा उल्लेख गरेको जिफन्ट आवद्ध बजार व्यवस्थापन तथा बिक्री संघ, नेपाल (ओम्स नेपाल) का केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले जानकारी दिनु भएको छ । 
 

आउटसोर्स श्रमिक भेला सम्पन्न

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल (स्टन) द्वारा पुस १५ गते जिफन्ट सभाहलमा सम्पन्न नेपाल बिधुत प्राधिकरणमा आउटसोर्स मार्फत कार्यरत श्रमिकहरूको भेलाले  ९ सदस्य संघर्ष समिती गठन गरेको छ ।

भेलालाइ सम्बोधन गर्नुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम क्षेत्रमा देखीएका समस्यालाइ समाधान गर्न श्रमिकको संगठीत शक्ति आवश्यक रहेको भन्नु हुंदै आउटसोर्समा काम गर्ने श्रमिकहरूलाइ पनि श्रम कानुन लागु हुने भएतापनी आउटसोर्स कम्पनीहरूले श्रम कानुनको अपब्याख्या गर्ने गरेको बताउनु भयो ।

जिफन्ट उपाध्यक्ष सीता लामा, उपमहासचिव नरनाथ लुइटेल, स्टन अध्यक्ष आशिष खत्री र सदस्य विश्व राज नेपाल लगायतका नेताहरूको उपस्थितीमा सम्पन्न भेलामा बिभिन्न आपुर्ती कम्पनी मार्फत बिधुत प्राधिकरणमा कार्यरत श्रमिकहरूले आफुले भोगिरहेको समस्याका बारेमा भनाइ राख्नु हुंदै समाधानकालागी जिफन्टले पहल गर्न अनुरोध समेत गरेको थियो । 
 

क्यूपेक–नेपालद्वारा टोखामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध क्युपेक नेपालद्वारा पुस १३ गते टोखा नगरपालिकामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । 

टोखा नगरपालिका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक पञ्जीकरण, श्रम डेस्कको आवश्यकता, यसको महत्व र सामाजिक सुरक्षाबारे प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्द्र शर्मा र महासचिव राजेन्द्र बिष्टले मन्तब्य राख्नु भएको थियो ।
 

युनिट्राभको १४ औं राष्ट्रिय अधिबेशन जेठ २४ गते

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट)आवद्ध ने​पाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन (युनिट्राभ)को राष्ट्रिय अधिबेशन २०८३ सालको जेठ २४ गते आयोजना गर्ने भएको छ ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा पुस १२ गते जिफन्ट सभाहलमा सम्पन्न बैठकले १४ औं राष्ट्रिय अधिबेशन काठमाण्डो गर्ने निर्णय गरेको हो । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्माको उपस्थीतीमा सम्पन्न बैठकमा १३ औं अधिवेशनले पारीत कामको समिक्षा तथा भावी कार्ययोजना बारेमा छलफल भएको थियो । 
 

लोकनाथ एण्ड सन्स चिया वगान इकाइ कमिटी अध्यक्षमा सुकलाल राजवंशी

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट)आवद्ध जिफन्ट चिया कफि श्रमिक युनियन नेपालद्वारा पुस १२ गते झापा जिल्लाको गौरीगंजमा रहेको लोकनाथ एण्ड सन्स चिया वगानमा कार्यरत श्रमिकहरूको भेला सम्पन्न गरेको छ । 

भेलाले सुकलाल राजवंशीको अध्यक्षतामा ७ सदस्य लोकनाथ एण्ड सन्स चिया वगानमा इकाइ कमिटी निर्वाचित गरेको छ । 

चिया कफि श्रमिक युनियन नेपालका केन्द्रिय अध्यक्ष सन्तकुमार राईले श्रम कानुन, चिया बगानका समस्या तथा समाधानका उपाए बारेम प्रकाश पार्नु भएको भेलामा जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी लगायतका नेताहरूको उपस्थीती  रहेको थियो ।

क्यूपेक–नेपालद्वारा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर,प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल)द्वारा पुस ११ गते भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

क्यूपेक नेपाल भक्तपुर जिल्लाका अगुवा कार्यकर्ताहरूका लागि संचालन गरेको प्रशिक्षण कार्यक्रमको औचित्यमाथि क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले प्रकाश पार्नु भएको थियो । 
गर्नु भएको थियो । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक पञ्जीकरण, श्रम डेस्कको आवश्यकता, यसको महत्व र सामाजिक सुरक्षाबारे प्रशिक्षण दिनुभएको कार्यक्रममा सूर्यविनायक नगरपालिका उप–मेयर सरिता भट्टराई, क्युपेक महासचिव राजेन्द्र बिष्टले मन्तब्य राख्नु भएको थियो ।