नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले भाद्र २३ र २४ को घटना नियोजित लोकतन्त्रमाथीको प्रहार रहेको भन्नुहुंदै बर्तमान सन्दर्भमा लोकतन्त्रको रक्षा सबै भन्दा महत्वपुर्ण सवाल रहेको बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठ जिफन्टद्वारा बागमती प्रदेश स्तरीय युवा तथा महिला बिच कार्तिक २९ गते भएको श्रमिक संवाद कार्यक्रमका उक्त कुरा बताउनु भएको हो ।

संवाद कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले लोकतन्त्र रहेन भने श्रमिक अधिकार पनि गुम्ने भएको हुनाले जिफन्टले छोटो अवधिको लागि भए पनि देशब्यापी रूपमा "लोकतन्त्रको प्रतिरक्षा गरौं, मौनता होइन, प्रतिवाद गरौं!" नाराका साथ बदलिएको राजनैतिक परिवेशमा श्रमिकसंग सम्वाद कार्यक्रम सञ्चालन गरेको बताउनु भएको थियो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले लोकतन्त्रको प्रतिरक्षा गरौं, मौनता होइन, प्रतिवाद गरौं नाराको उद्धेश्यबारे प्रकाश पार्नु भएको कार्यक्रममा महासचिब लक्ष्मण शर्मा, बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको उपस्थीती रहेको थियो ।