आइटियुसीद्वारा ट्रेड युनियनमा आन्तरिक संचार बारेमा अभिमुखीकरण सम्पन्न

अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र (आइटियुसी) ले मंसिर २ गते ट्रेड युनियनमा आन्तरिक संचारको महत्त्वका बारेमा भर्चुअल माध्यामबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रचार तथा प्रकाशन विभाग सदस्य तथा जिफन्ट आबद्ध इम्प्रेशन नेपालका उपाध्यक्ष किरण मालीले जिफन्टले अपानाउँदै आइरहेको संचार विधि तथा प्रविधिका बारेमा प्रकाश पार्नु हुँदै जिफन्टले सूचना प्रणालीको सुदृढिकरणका लागि सामना गरिरहेको चुनौतीहरूका बारेमा पनि बताउनु भएको थियो ।

त्यस्तै आइटियुसीका सुचना अधिकृत एलेन रोड्रिगेजले अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रले अपनाउँदै आएको सूचना तथा संचार प्रणालीको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा आइटियुसी एसिया प्रशान्त क्षेत्रका कम्युनिकेशन तथा एडभोकेसी निर्देशक जोय हर्नान्डेजले सहजिकरणा गर्नु भएको अभिमुखीकरण कार्यक्रममा नेपालबाट जिफन्ट मिडिया टिम सदस्य सबिता बस्नेत लगायत विभिन्न देशका ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।