योगदानमा आधारीत सामाजिक सुरक्षा कोषले शिवशक्ति यातायात प्रा. लि.मा कार्यरत रहदाको अवस्थामा मृत्यु भएका शिव कुमार रायको आश्रित श्रीमती मंजु देवी लाई आश्रित परिवार सुविधा योजना अन्तर्गत रु. १५ पन्ध्र लाख ५० हजार १ सय ८७ रुपैया र पैसा वीस मात्र भुक्तानी गर्न शिवशक्ति यातायातलाइ मंसिर १ गते आदेश दिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७(१) (ग) र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम १२ बमोजिम शिवशक्ति यातायातले भुक्तानी गर्नु पर्ने गरी निर्णय भएको हुँदा सो रकम तीन महिना भित्र भुक्तानी दिई कोपलाई जानकारी गराउनु हुन निर्णय अनुसार आदेश गरेको हो ।