नेस्वहोमयुले ४६औं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्व नेस्वहोमयुद्वारा पुर्व अध्यक्ष स्व. माधव न्यौपानेको स्मृतीमा स्थापना गरेको छात्रबृत्ति एवं सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार युनियनको ४६औं स्थापना दिवसको सन्दर्भमा पुस ४ गते  बितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष  बिनोद श्रेष्ठले पुरस्कार बितरण गर्नुहुंदै होटल क्षेत्रमा नियमित  रोजगारीको संख्या भन्दा आउट सोर्स कम्पनीबाट अएका श्रमिकहरूको संख्या बढी रहेको तर ती श्रमिकहरूलाइ संगठनको दायरामा ल्याउन नसक्नु अहिलेको युनियन अन्दोलनको ठुलो चुनोती रहेको बताउनु भयो ।

श्रम एेन  २०७४ अनुसार कुनै पनी प्रकृतिका श्रमिकहरू कानुन भन्दा बाहीर रहन नसक्ने स्पष्ट रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले युनियन आन्दोलनलाइ बलियो बनाउन आउट सोर्सबाट आएका श्रमिकहरूलाइ पनि समेटनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष श्रेष्ठले नेस्वहोमयुको गौशवशालि इतिहासको सम्झना गर्दै श्रमिक हक, हित र खोसिएका अधिकार प्राप्तीकालागी यस क्षेत्रमा क्रियाशिल सबै युनियनहरूको दृढ संकल्प, साझा धारणा अवश्यक रहेको बताउदै जिफन्टले बिगतमा जस्तै अगामि दिनमा पनि  सहयोग गरीरहेने प्रतिवद्धता समेत जनाउनु भएको थियो  । 

कार्यक्रममा यस बर्षको सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्टले प्राप्त गरेको को छ भने स्व. माधव न्यौपाने स्मृति छात्रबृत्ति पुरस्कार अन्तरगत छात्रा तर्फ गोकर्ण फरेष्टमा कार्यरत नेस्वहोमयु सदस्य केशव राज सापकोटाका सुपुत्री कृतिष्मा सापकोटालाइ र छात्र तर्फ द सोल्टी होटलमा कार्यरत युनियन सदस्य बुद्धी बहादुर थापाका छोरा कपिल थापा मगरले सम्मान सहित जनही नगद रू १०/१० हजार प्रदान गरेको थियो । 

नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा युनिट्राभ अध्यक्ष सुमन पराजुली, होटेल एशोसिएसन महासचिव साजन शाक्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेस्वहोमयु महासचिब कमल धिमिरेले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष ललिता केसीले  स्वागत गर्नु भएको थियो ।