केयर गिभर श्रमिक इजरायलमा पठाइने सहमतिप्रति जिफन्टको गम्भिर ध्यानाकर्षण

द्वन्द्वग्रस्त मुलुक इजरायलमा सरकारले २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएपछि सरकारको चर्को आलोचना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच हालै भएको भेटवार्तामा नेपाली केयरगिभरको संख्या बढाउने सहमति भएको हो ।

गत असारमा सरकारद्वारा ८०० जनाको आवेदन खोलेकोमा नयाँ सरकार गठन लगत्तै अब यो संख्या २ हजार पुर्‍याउन सकिने सहमति भएको छ । यस्तो  सहमतिप्रति जिफन्टको गम्भिर ध्यानाकर्षण भएको छ । साथै युद्धग्रत क्षेत्रमा बैदेशिक श्रमको नाममा आफ्ना नागरिक पठाउने निर्णय तुरुन्त फिर्ता लिन पनि आग्रह गरेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशीको हालसम्म पनि पत्तो लागेको छैन ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम