गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

नेभाले शंखरापुर नगरपालिकामा माग पत्र बुझायो

नेपाल स्वस्थ्य स्वयम् सेवि संघ नेभाले असार ११ गते शंखरापुर नगरपालिकालाई माग पत्र बुझाएको छ ।

नगर पालिका प्रमुख रमेश नापित समक्ष पेश गरेको माग पत्रमा स्वयम् सेविकाहरुलाइ तालिम गोष्ठीको व्यवस्था गर्नुपर्ने, राष्ट्रिय अभियानको भत्ता बृद्धि गर्नु पर्ने, ६० बर्ष ऊमेर पुगेका स्वयम् सेविकाहरुलाई अवकास दिंदा  बर्षको ३० हजार रूपैयाका दरले हुनआउने एक मुष्ट रकम उपलब्ध गराउनु पर्ने, लगायतका विभिन्न ९ बुंदे मागहरू रहेका छन् । 

कलारिता क्षेत्रमा कार्यरत श्रमिकहरुको भेला सम्पन्न

पेशागत हक हित संरक्षणको उद्धेश्य सहित कलारिता क्षेत्रमा कार्यरत श्रमिकहरुको भेला असार १२ गते सम्पन्न भयो । जिफन्ट कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियनको महत्व उजागर गर्न  श्रमिक कलाकारहरुले सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनु भएको थियो । 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य बिकि श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलामा कार्यवाहक अध्यक्ष श्रेष्ठले  परिवर्तनको संवाहक भनिएका कलाकारहरू जीवन अन्धकारमय भएको बताउँदै अवस्था फेर्नका लागि जिफन्टसँगै ट्रेडयुनियन आन्दोलनमा आवद्ध हुन आग्रह गर्नुभयो । 

भेलामा जिफन्ट सचिब कृष्ण केशी र तारानिधी पन्त ,केन्द्रीय सदस्य माधब प्रसाद पाण्डे सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

दक्षिण कोरियाको ब्याट्री कारखानामा भएको अागलागीले २२ जना श्रमिकहरूको मृत्यु जिफन्टध्दारा दुख ब्यक्त

दक्षिण कोरियाको ब्याट्री कारखानामा असार १० गते भएको अगलागीले २२ जना श्रमिकहरूको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

सो आगलागीको घटनाप्रति नेपाल ट्रेड युनियन महासंघ जिफन्टले असार ११ गते एक बिज्ञप्ती जारी गर्दै ज्यान गुमाएका श्रमिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

जिफन्ट महासचिवद्वारा जारी विज्ञप्ति, शोक सन्तप्त श्रमिक परिवारमा समवेदना प्रकट गर्दै दुर्घटनामा धाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।  

जिफन्टले कोरियाली सरकार र ट्रेड युनियनहरू सहित सबै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा निर्धारित सबै व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (ओएसएच) मापदण्डहरूलाई प्राथमिकता र कडाईका साथ लागू गर्न समेत आग्रह गरेको छ । 

 यस्ता घटना दोहोरिन नदिन र प्रत्येक कामदारलाई कार्यस्थलमा सुरक्षित राखिएको सुनिश्चित गर्नु अनिवार्य रहेको सो विज्ञप्तिमा उल्लेख छ । 

स्पोर्टस् युनियन नेपाल (सन) भक्तपुरको भेलाले सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अबद युनियन स्पोर्टस् युनियन नेपाल (सन) भक्तपुरको असार ११ मा सम्पन्न भेलाले आशाराम गोठेको अध्यक्षतामा कमिटि पुनर्गठन गरेको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिफन्ट सचिव कृष्ण केसि , तारानिधि पन्त र नेकपा एमाले भक्तपुर नगर अध्यक्ष मदन धोला, चागुनारायण नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष श्याम सुन्दर धिमाल लगाएतका नेताहरूको उपस्थिति रहेको थियो । 

संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनमा

संसद् सचिवालयका कर्मचारीहरूले आन्दोलनका कारण प्रतिनिधिसभाको काम कारवाही प्रभावित हुँदासम्म पनि सरकारले उनीहरुको मागप्रति वेवास्ता गरि बसेको आरोप लगाएका छन् । 

कर्मचारीहरूले कर्मचारी कल्याणकोषको व्यवस्था हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, सचिवालयमा कार्यरत कर्मचारीहरूले अतिरिक्त समयमा समेत काम गर्नुपर्ने,  ILO Convention को Number 30 को Article 3 को व्यवस्था वमोजिम अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका ११ सूत्रीय माग राख्दै आएका छन् । 

पर्वतारोहीहरू र केपी ओली बिच अन्तरकृया सम्पन्न

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोही बिच अन्तरकृया सम्पन्न भएको छ । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा यूनिट्राभ  अध्यक्ष सुमन पराजुली लगाएतका आरोहीहरू र अध्यक्ष ओली बिच असार ६ गते नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा पर्वारोहण सम्बन्धमा अन्तरकृया हुनका साथै अध्यक्ष ओलीले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल छ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण गर्नुभएकी पूर्णिमा श्रेष्ठ लगायत पर्वतारोहीहरूलाई खादा लगाई सम्मान समेत गर्नु भएको थियो । 
सो अवसरमा पर्वतारोहीहरूले प्राप्त गरेको सफलताका लागि बधाई दिनुहुँदै अध्यक्ष ओलीले पर्वतारोहण जोखिमपूर्ण र गाह्रो काम भएकाले अफ्ठ्यारो परिस्थिति र प्रतिकूल मौसममा यस काममा जिद्दी गर्न नहुने बताउनुभयो ।  उहाँले पर्वतारोहीहरूलाई अनुकूल मौसममा पुनः आरोहण गर्न सकिने कुरालाई ध्यानमा राख्न आग्रह गर्नुभयो । 


अध्यक्ष ओलीले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताउनुभयो । 


कार्यक्रममा नेकपा (एमाले)का सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।