गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

युनिट्राभको पर्वतारोही कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ, जिफन्ट आबध्द युनियन युनिट्राभको आयोजनामा असार २० गते जिफन्ट सभाहलमा पर्वतारोहीहरूको भेला अयोजना गरेको छ ।जिफन्ट कार्यबाहक अध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलाले मिङ्मा डेविड शेर्पाको अध्यक्षतामा ११ सदस्य पर्वतारोही कमिटी गठन गरेको छ ।

कार्यबाहक अध्यक्ष जितेन्द्र  श्रेष्ठले पर्वतारोहण गर्नु आफैमा जोखिमपूर्ण काम भएको भन्नु हुदै यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको लागि राज्यले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । पर्वतारोहीले गर्ने साहसिक कार्यको तुलनामा सेवा र सुबिधा न्यून रहेकोले नै नयाँ पुस्ताको यो पेशा प्रति आकर्षण घट्नुका साथै दक्ष पर्वतारोहीहरू बिदेशिन बाध्य हुनु परेको बताउनु भयो । 

यूनियट्राभले पर्वतारोही क्षेत्रमा कार्यरत  श्रमिकहरूको समस्या समाधानका लागि निरन्तर लागी परेको बताउनु हुदै अध्यक्ष सुमन पराजुलीले संगठनको आगामी योजना बारे प्रकास पार्नु भएको थियो । कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्मा र उपमहासचिब नरनाथ लुइटेलको पनि उपस्थिती रहेको थियो ।

नेपाली नागरिकलाई कामको बहानामा युद्ध क्षेत्रमा धकेलिनु हुँदैन

 वैदेशिक रोजगार विभागले केही दिनअघि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा श्रमिकको लागि गरेको विज्ञापन रद्द गर्न माग गरेको छ।

 नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लगाएत विभिन्न ११ संस्था र ६६२ नागरिकहरूले सोमबार प्रधानमन्त्रीलाई एक पत्रमार्फत नेपाली श्रमिकलाई इजरायलमा पठाउने निर्णय रोक्न अपिल गरेका छन्। 

"नेपाली नागरिकलाई कामको बहानामा युद्ध क्षेत्रमा धकेलिनु हुँदैन। जानाजान आफ्ना नागरिकलाई जोखिममा पार्ने गरी कामदारका रूपमा युध्दरत देशमा पठाउन नेपाल सरकारद्वारा गरिएको आवेदन रद्द गर्न माग गरेका हुन्।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका थिए भने एक जना (विपिन जोशी) हालसम्म बेपत्ता छन्। युद्ध शुरू भएपछि नेपालले इजरायलमा श्रमिक पठाउन रोकेको थियो। 

चिया तथा कफि श्रमिकका लागि नेतृत्व विकास तालिम

चिया तथा कफि श्रमिकका लागि युनियन नेतृत्व विकास तालिम असार १७ गते बाट काठमाण्डोमा  शुरु भएको छ । जिफन्टका उपाध्यक्ष एवम शिक्षा विभाग प्रमुख विदुर कार्किको अध्यक्षतामा सम्पन्न तालिमका प्रमुख अतिथि जिफन्ट कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठले यो कार्यक्रमले युनियन अझ शसक्त हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा लगायतका नेताहरूको सहभागि रहेको थियो ।

तालिममा सम्बन्धित युनियनका केन्द्रिय तथा स्थानिय नेताहरू र  सातै प्रदेशका जिफन्ट नेताहरू सहभागी तालिम कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, सीता लामा, अन्तरराष्ट्रिय श्रम संगठनका अधिकृत बन्दना अर्याल, अधिवक्ता भक्ति धिमिरे, पेशागत स्वास्थ्य सुरक्षा विज्ञ युवराज भट्टले तालिमको सहजिकरण गर्नु भएको हो । 

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तिको अवसरमा जिफन्टध्दारा बृक्षारोण

जनताको बहुदलीय जनवाद' को प्रणेता जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तिको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अयोजनामा असार १४ गते देशब्यापी रूपमा श्रमिकहरुले आ–आफ्नो कार्यथलोमा बृक्षारोण गरेको छ ।

जिफन्ट कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यमा जिफन्ट ट्रेड युनियन स्कुल अनामनगरमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु हुदै बिश्व कम्युनिष्ट आन्दोलन संकटममा परिहेको अवस्थामा जनताको बहुदलीय जनबाद सिद्धान्तको प्रतिबादन गरि नेपाली र बिश्व कम्युनिष्ट आन्दोलनमा नयां दिशा दिन महत्वपुर्ण योगदान गर्नु भएको बताउनु भयो ।

महासचिब लक्ष्मण शर्माले श्रमिक आन्दोलनका अभियन्ता, श्रमको सम्मान र सामाजिक परिवर्तनका वाहक कमरेड मदन भण्डारीको जन्म जयन्तीको अवसरमा "रूख रोपौं –वातावरण जेगाऔं" भन्ने नाराका साथ जिफन्टले देशभर श्रमिकहरूको कार्यस्थलमा बृक्षारोपण कार्यक्रम अयोजना गरेको बताउनु भयो । 

बृक्षारोपण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, उपमहासचबिहरू, सचिबहरू लगाएतका नेताहरूको सहभागिता रहेको थियो । 

साथै लुम्बीनी प्रदेशको बुटवल र ज्योती नगरमा जिफन्ट उपाध्यक्ष कमल गैतमको प्रमुख अतिथ्यतामा बृक्षारोपण सम्पन्न भयो । कार्यक्रममा सचिब हरी कार्की, प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगाएतका नेताहरूको सहभागिता  रहेको थियो । 

यस अवसरमा जिफन्ट गण्डकी प्रदेश महिला कमिटी, क्यूपेम नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ब्हीन र स्वास्थ्य कर्मचारी युनियनको अयोजनामा युनियनको कार्यालय, अखा अस्पताल तथा सिजि प्रतिष्ठान परिसर, नवलपुरको देवचुली, पर्बत र स्यान्जामा बृक्षारोपण गरेको  छ ।

त्यसैगरी जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटीले पनि बृक्षारोपण तथा मदन भण्डारी र श्रम अन्दोलन बिषयक बिचार गोष्ठी अयोजना गरेको छ 

प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिफन्ट सहकारी प्रबन्ध बोर्डका संयोजक तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देवबहादुर बम प्रमुख अतिथी  रहनु भएको थियो । 

यसै अवसरमा नेकपा एमाले पोलीटव्यूरो सदस्य तथा पूर्व मन्त्री पुरुषोतम पौडेलको प्रमुख अतिथ्यमा जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा को अध्यक्षतामा मदन भण्डारी र श्रम अन्दोलन बिषयक बिचार गोष्ठी सिमरामा सम्पन्न भएका कार्यक्रममा एमाले केन्द्रीय सदस्य 'सरस्वती चौधरी र प्रदेश सचिव क मनोज पौडेल लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।

जिफन्ट केशी प्रदेशले पनि विराटनगरमा वृक्षारेपण गरेका छ।

सफाइ श्रमिकहरूको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अयोजनामा टोखा नगरपालिकामा कार्यरत सफाइ र सफाइ बर्गिकरण गर्ने काममा संलन श्रमिकहरूको भेला असार १३ गते सम्पन्न भएको छ ।

नेपाल सफाइ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा सम्पन्न सो भेलामा जिफन्ट उपाध्यक्ष विदुर कार्किले सफाइ क्षेत्रका श्रमिक र तीनिहरूले भोगि रहेको समस्या बारे प्रकाश पार्नु हुदै जिफन्टले सफाइ श्रमिकहरूको हक हित र अधिकारको बारेमा गरेका प्रयासहरूको बारेमा बताउनु भएको थियो 

आइएलोको परिचय दिनु हुदै अइएललो परियोजना अधिकृत छिरिङ डोल्मा शेर्पाले यो क्षेत्रका श्रमिकको लागि गरिएका गतिविधि बारेमा बताउनु भएको थियो । रोजगारदाताको तर्फबाट गणेश दाहालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल गृह श्रमिक युनियनका महासचिव ज्ञानु केसि, जिफन्ट परियोजना अधिकृत शंकर घिमिरे र श्रमिक आपूर्तिकर्ता संगम लामाले गर्नु भएको थियो ।

श्रमिक आन्दोलनमा सूचना प्रविधिको ज्ञान अपरिहार्य

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कार्यवाहक अध्यक्ष एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख जितेन्द्र श्रेष्ठले श्रमिक आन्दोलनमा सूचना प्रविधिको ज्ञान अपरिहार्य भएको बताउनु भयो । 

असार १२ गते जिफन्ट ट्रेड युनियन स्कुल, अनामनगरमा आयोजित समाचार सम्प्रेषण गर्ने समूहको तयारी बैठकमा कार्यबाहक श्रेष्ठले सो धारणा व्यक्त गर्नुभएको हो । 

उक्त बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्माले छोटो समयमा लक्ष हासिल गर्न एकै विषयमा केन्द्रित भएर कामगर्न युवाहरूलाई सुझाव दिनुभयो । 

बैठकमा प्रचार तथा प्रकाशन विभाग सचिव महेन्द्रलाल श्रेष्ठले श्रम क्षेत्रको समाचार सम्प्रेषणको आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो । जिफन्टले विभिन्न घटक युनियनमा आवद्ध युवाहरूलाई नयाँ प्रविधिमा आधारित समचार सङ्कलन, सम्पादन र सम्प्रेषणको सिप प्रदान गरी जिफन्टको प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ ।