संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनमा

संसद् सचिवालयका कर्मचारीहरूले आन्दोलनका कारण प्रतिनिधिसभाको काम कारवाही प्रभावित हुँदासम्म पनि सरकारले उनीहरुको मागप्रति वेवास्ता गरि बसेको आरोप लगाएका छन् । 

कर्मचारीहरूले कर्मचारी कल्याणकोषको व्यवस्था हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, सचिवालयमा कार्यरत कर्मचारीहरूले अतिरिक्त समयमा समेत काम गर्नुपर्ने,  ILO Convention को Number 30 को Article 3 को व्यवस्था वमोजिम अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका ११ सूत्रीय माग राख्दै आएका छन् ।