कलारिता क्षेत्रमा कार्यरत श्रमिकहरुको भेला सम्पन्न

पेशागत हक हित संरक्षणको उद्धेश्य सहित कलारिता क्षेत्रमा कार्यरत श्रमिकहरुको भेला असार १२ गते सम्पन्न भयो । जिफन्ट कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियनको महत्व उजागर गर्न  श्रमिक कलाकारहरुले सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनु भएको थियो । 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य बिकि श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलामा कार्यवाहक अध्यक्ष श्रेष्ठले  परिवर्तनको संवाहक भनिएका कलाकारहरू जीवन अन्धकारमय भएको बताउँदै अवस्था फेर्नका लागि जिफन्टसँगै ट्रेडयुनियन आन्दोलनमा आवद्ध हुन आग्रह गर्नुभयो । 

भेलामा जिफन्ट सचिब कृष्ण केशी र तारानिधी पन्त ,केन्द्रीय सदस्य माधब प्रसाद पाण्डे सहितका नेताहरुको उपस्थिति रहेको थियो ।