दक्षिण कोरियाको ब्याट्री कारखानामा भएको अागलागीले २२ जना श्रमिकहरूको मृत्यु जिफन्टध्दारा दुख ब्यक्त

दक्षिण कोरियाको ब्याट्री कारखानामा असार १० गते भएको अगलागीले २२ जना श्रमिकहरूको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

सो आगलागीको घटनाप्रति नेपाल ट्रेड युनियन महासंघ जिफन्टले असार ११ गते एक बिज्ञप्ती जारी गर्दै ज्यान गुमाएका श्रमिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

जिफन्ट महासचिवद्वारा जारी विज्ञप्ति, शोक सन्तप्त श्रमिक परिवारमा समवेदना प्रकट गर्दै दुर्घटनामा धाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।  

जिफन्टले कोरियाली सरकार र ट्रेड युनियनहरू सहित सबै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा निर्धारित सबै व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (ओएसएच) मापदण्डहरूलाई प्राथमिकता र कडाईका साथ लागू गर्न समेत आग्रह गरेको छ । 

 यस्ता घटना दोहोरिन नदिन र प्रत्येक कामदारलाई कार्यस्थलमा सुरक्षित राखिएको सुनिश्चित गर्नु अनिवार्य रहेको सो विज्ञप्तिमा उल्लेख छ ।