सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगन्ज मेडिकल कलेजमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै तत्काल श्रमिकहरूको जायज माग पुरा गर्न ब्यवस्थापकलाई सचेत गरेको छ ।
जिफन्ट बांके जिल्ला कमिटी अध्यक्षले मेडिकल कलेजमा जारी अन्दोलनलाई सम्बोधन गर्दै संस्थामा क्रियाशिल युनियनबाट असार ४ गते नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन पक्ष समक्ष श्रम ऐन बमोजिम ७ बुँदे मागपत्र राखिएको थियो । तर श्रम कार्यालय नेपालगन्जमा दुई पटक र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा समेत छलफल गरि टुङ्गोमा नपुर्याई व्यवस्थापन पक्षले गैरजिम्मेवारपन देखाईएको बताईएको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्ता असमझदारीले बिरामीहरुलाई समेत प्रत्यक्ष असर पर्ने भएकोले वार्ता तथा छलफलको माध्यमबाट श्रमिकहरुका जायज मागहरुलाई अविलम्ब पुरा गर्दै कर्मचारीहरुलाई काममा फर्किने वातावरण बनाउन जिफन्टले माग गरेको छ ।
नेपालको ट्रेड युनियन अन्दोलनमा लैङ्गिक समानता र वर्गिय मुद्धालाइ साझा मुद्धाको रूपमा स्थापीत गर्न फरक–फरक बिचारका बावजुद पनि साझा मुद्धाकालागी एकै स्थानमा बस्न टुकगेपको स्थापाना कोशेढुङ्गा साबित भएको अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भएको छ ।
पुस ७ गते ललितपुरमा सम्पन्न "लैङ्गिक समानताका निम्ती ट्रेड युनियनको नेतृत्व" बिषयक राष्ट्रिय भेलालाइ सम्बोधन गर्नुहुदै अध्यक्ष श्रेष्ठले इतिहासमा गरेका कामहरूलाको मुल्याकान गर्दै भविष्यमा कसरी अगाडी बढ्रने भन्ने बारेमा राष्ट्रिय भेलाले निस्कर्ष निकाल्ने बिश्वास व्यक्त गर्नु भयो । ट्रेड युनियन अनदोलन केवल लैङ्गिक समानताको लागि मात्र नभई ट्रेड युनियन र देश चलाउने उच्च तहसम्म पुर्याउने गरी काम गर्न पर्नेमा जोड दिनु भएको थियो ।

अइटियुसी एनएसी अध्यक्ष जगत सिंखडाको अध्यक्षतामा भएको सो उद्धघाटन कार्यक्रममा एनटियुसी अध्यक्ष योगेन्द्र कुँवरले शुभकामना दिनु भएको थियो । सोलिडारीटी सेन्टरका डाइरेक्टर लुना रन्जीतले कार्यक्रमको उद्धेश्यबारे प्रकास पार्नु भएको सो कार्यक्रमको दोस्रो चरणमा विषयवस्तुमाथि समूह छलफल भएको थियो ।
कार्यक्रममा पुर्व उपाध्यक्ष तथा जिफन्ट बरिष्ठ युनिरूयनकर्मी संजाल अध्यक्ष बिना श्रेष्ठ, जिफन्ट पुर्व उपमहासचिब बिन्दा पाण्डे, एनटियुसीका पुर्व उपाध्यक्षहरू सांसद रमा पौडेल, सुधा दाहाल र केशमाया श्रेष्ठ लगायत तीनवटै महासंघका नेतृत्वको सहभागीता रहेको सो कार्यक्रमको संचालन राधा कुइकेलले गर्नु भएको थियो भने स्वागत जिफन्ट उपाध्यक्ष सीता लामाले गर्नु भएको थियो ।

भेलामा कार्यथलोमा रहेका साझा जेण्डर बिषयको पहिचान साथै समिक्षा र अगामी कार्य दिशाको बिषयमा पुष्पा भुसालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बागमती प्रदेश कमिटीले “जिफन्टको कायाकल्पका लागि अभियान–२०८१” अभिमुखीकरण कार्यक्रम पुस ६ गते काठमाण्डौमा सम्पन्न गरेको छ ।
प्रदेश अध्यक्ष रामहरी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष विनोद श्रेष्ठले अभियानको विषयमा प्रकाश पार्नुहुँदै अभियानको उद्देश्य, स्वरुप, संरचना, कार्य अवधि, अभियानभित्र गरिने कार्य र अनुगमनका आधारहरुका बारेमा विस्तृतमा प्रकाश पार्नु भएको थियो ।
बागमती प्रदेश भित्रका १३ जिल्लालाई ३ वटा क्लस्टरमा बिभाजनगरी संचालन गर्न लागेको सो अभियान प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा राष्ट्रिय कमिटी सचिवहरू स्मृती लामा, कृष्ण केसी र बेलीमाया घलेले सहजीकरण गर्नु हुने छ ।
थप फोटोकालागी लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122132749880435116&type=3
जिफन्ट आबद्ध इम्प्रेशन नेपालको प्रतिष्ठान युनियन - एनसेल कर्मचारी युनियनको वार्षिक साधारण सभा पुस ५ गते काठमाडैंमा सम्पन भयो ।
"strong in Salidarity - Unstoppable in - growth" नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले कुनै पनि व्यवसायको प्रगति र विकासमा पुँजी र श्रमको बराबर महत्त्व रहेको र एनसेलले अहिलेको उचाई प्राप्त गर्नमा यसका मेहनती र इमान्दार कर्मचारी कै कारले कारणले भएको बताउनु भयो ।
जुन प्रतिष्ठानका कर्मचारी एकजुट भएर अगाडि बढेका हुन्छन् त्यहाँ अवश्य नै सफलता हासिल हुन्छ भन्नुभयो । जिफन्टमा आबद्धता भएकै निहुँमा अर्को युनियन खोल्ने काम भएता पनि त्यसलाई निस्तेज पार्नमा यो युनियनले सफलता प्राप्त गरेकोमा बधाई पनि दिनु भयो ।
कार्यक्रममा प्रचार सचिव - महेन्द्रलाल श्रेष्ठ, इम्प्रेशन नेपाल अध्यक्ष- बालगोपाल थापा, प्रदेश सचिव कृष्ण रिमाल, महासचिव सुरज अधिकारी तथा एनसेलका कार्यकारी निर्देशक जाबर कायुमोभको अतिथ्यता र शुकान्त अधिकारीको अध्यक्षतामा भएको सो वार्षिक सभाबाट विजयराज महतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी पनि चयन भएको छ।
मलेसियाका लागि नेपाल सरकारको तर्फबाट महामहिम राजदूतमा प्रस्तावित डा. नेत्र तिमिल्सिना र जिफन्टका उच्च नेतृत्वसँग पौष ४ गते केन्द्रिय कार्यालयमा भेटघाट भयो ।
उक्त भेटमा जिफन्टको नेतृत्वबाट मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले झेल्नु परेका समस्या एवं त्यहाँको नेपाली दूतावासले गर्ने सेवा र समन्वयमा जिफन्टको अपेक्षाहरुको बारेमा जानकारी गरेको थियो ।
बैठकमा डा. तिमिल्सिनाले मलेसिया नेपालको एक महत्त्वपूर्ण श्रम गन्तव्य भएकोले श्रमिकका मुद्दाहरूको यथाशीघ्र सहजिकरण गर्ने बताउनु भयो । बैठकमा जिफन्टको अध्यक्ष सहित पदाधिकारी र सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), बहराइन सहयोग समूहद्वारा बहराइनको राष्ट्रिय दिवसको अवसरमा आयोजित दोस्रो GEFONT भलिबल कप-२०२४ को उपाधि स्याङ्जा सहयोग समाजले जितेको छ ।
१६ टिमले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा स्याङ्जा सहयोग समाजले ट्रफी सहित नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ रूपैया र उपबिजेता G E T कम्पनीको टिमले रू. ५१ हजार १ सय ११ रूपैया नगद सहित ट्रफी प्राप्त गरेको छ ।
नेपाली दूतावास बहराइनको तृतीय सचिव श्री दीप राज जोशीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बहराइनको ट्रेड युनियन GFBTU BAHRAIN का Secretary, प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्ष चन्द्र गुरुङ, नेपाली क्लबका अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष नरेन्द्र गले, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष मिलन राई, नेपाली जनप्रगतिशिल मञ्च बहराइनको अध्यक्ष श्री रामु काफ्ले लगायतका अतिथिहरूको सहभागिता रहेको कुरा बहराइन सहयोग समूह अध्यक्ष थोमस कुलङले जानकारी गराउनु हुँदै प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ ।
दोस्रो जिफन्ट भलिबल कपको उपाधि स्याङ्जा सहयोग समाजलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), बहराइन सहयोग समूहद्वारा बहराइनको राष्ट्रिय दिवसको अवसरमा आयोजित दोस्रो GEFONT भलिबल कप-२०२४ को उपाधि स्याङ्जा सहयोग समाजले जितेको छ ।
१६ टिमले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा स्याङ्जा सहयोग समाजले ट्रफी सहित नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ रूपैया र उपबिजेता G E T कम्पनीको टिमले रू. ५१ हजार १ सय ११ रूपैया नगद सहित ट्रफी प्राप्त गरेको छ ।
नेपाली दूतावास बहराइनको तृतीय सचिव श्री दीप राज जोशीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बहराइनको ट्रेड युनियन GFBTU BAHRAIN का Secretary, प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्ष चन्द्र गुरुङ, नेपाली क्लबका अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष नरेन्द्र गले, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष मिलन राई, नेपाली जनप्रगतिशिल मञ्च बहराइनको अध्यक्ष श्री रामु काफ्ले लगायतका अतिथिहरूको सहभागिता रहेको कुरा बहराइन सहयोग समूह अध्यक्ष थोमस कुलङले जानकारी गराउनु हुँदै प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ ।