नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले बुझाए स्वास्थ्य मन्त्री पौडेललाई ज्ञापनपत्र
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगन्ज मेडिकल कलेजमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै तत्काल श्रमिकहरूको जायज माग पुरा गर्न ब्यवस्थापकलाई सचेत गरेको छ ।
जिफन्ट बांके जिल्ला कमिटी अध्यक्षले मेडिकल कलेजमा जारी अन्दोलनलाई सम्बोधन गर्दै संस्थामा क्रियाशिल युनियनबाट असार ४ गते नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन पक्ष समक्ष श्रम ऐन बमोजिम ७ बुँदे मागपत्र राखिएको थियो । तर श्रम कार्यालय नेपालगन्जमा दुई पटक र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा समेत छलफल गरि टुङ्गोमा नपुर्याई व्यवस्थापन पक्षले गैरजिम्मेवारपन देखाईएको बताईएको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्ता असमझदारीले बिरामीहरुलाई समेत प्रत्यक्ष असर पर्ने भएकोले वार्ता तथा छलफलको माध्यमबाट श्रमिकहरुका जायज मागहरुलाई अविलम्ब पुरा गर्दै कर्मचारीहरुलाई काममा फर्किने वातावरण बनाउन जिफन्टले माग गरेको छ ।