सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अगामी पुस १ गते देखी संचालन गर्ने कायाकल्पका लागी जिफन्टको अभियान २०८१को सन्दर्भमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुर यूनियन क्यूपेक-नेपाल बर्दिया जिल्ला कमिटीले आफ्ना संरचना तथा सदस्यहरूलाई परिचालन गर्न पुस ३ गते योजना बैठक बसेको छ ।

जिल्ला अध्यक्ष कविराम बि.कको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण बहादुर केसीले अभियानको संचालनको महत्व र उद्धेश्यमाथी प्रकास पार्नु भएको थियो ।
त्यसैगरी क्यूपेक महासचिब राजेन्द्र विष्टले केन्द्रीय कमिटीको ५५ अं बैठकको निर्णय र योगदानमा अधारीत सामाजिक सुरक्षा माथि प्रकाश पार्नु भएको बैठकमा केन्द्रीय सचिव पदम बुढामगर, केन्द्रीय सदस्य मनिराम ढुङगाना र जिफन्ट लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया इन्चार्ज दुर्गा बहादुर के.सी.को समेत सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको पुस १ गते देखी देश ब्यापी संचालन भएको कायाकल्पका लागी जिफन्टको अभियान २०८१ मदेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा सुरू गरेको छ ।
जिफन्ट सचिव तारानिधि पन्त, मदेश प्रदेश अध्यक्ष कमलेश झा, राष्ट्रिय कमिटी सदस्य अर्जुन अधिकारी लगाएतका स्थानिय नेताहरू सहभागीतामा पुस ३ गते देखी सुरू भएको दुबै जिल्लाको अभियानमा जिफन्ट सचिव तारानिधी पन्तले अभियानको विषयमा प्रकाश पार्नु हुदै अभियान संचालन गर्नको लागी टिम संरचनाको बारेमा र अभियानको कार्य अवधिको बारेमा र अभियानभित्र गरिने कार्यहरूको बारेमा प्रकास पार्नु भएको थियो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाण्डौ टोखा नगरपालिकामा सरसफाइ तथा सफाइ वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्य थलोमा हुने लैगिक हिंसा सम्बन्धी" तालिम मंसिर ३० गते सम्पन्न गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नु भएको सो कार्यक्रममा जिफन्टका उपमहासचिव नरनाथ लुइटेल, नेपाल सफाइ कर्मचारी यूनियन अध्यक्ष मोहन नेपालीले लैगिक हिंसा सम्बन्धी जिफन्टको अचार संहिता लगाएतका बिषयमा प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रमको सहजिकरण जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले गर्नुभएको थियो ।
बहराइन राष्ट्रिय दिवसको अवसरमा जिफन्ट सहयोग समूह बहराइनद्वारा आयोजित जिफन्ट दोस्रो भलिबल कप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।
खेल तालिका अनुसार डिसेम्बर १६ तारिकमा हुने पहिलो चरणको खेलमा आदिवासी जनजाती महासंघ र किराँत राई यायोख्खाको पहिलो खेल, दोस्रो खेल स्याङ्जा सेवा समाज र नेपाल मगर संघ बिच हुने छ भने तेस्रो र चोथो खेल क्रमशः मोना बहराइन र बाग्लुङ सेवा समाज बिच र क्लिन्टेक कम्पनी र नास कम्पनी बिच प्रतिस्पर्धा हुने जनाएको छ ।
१६ टिमले भाग लिएको सो प्रतिस्पर्धाको दोसो चरणको खेल डिसेम्बर १७ तारीकमा ४ खेल ८ प्रतिस्पर्धी बिच हुने छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू बहराइनकै सबभन्दा ठुलो मजदुर क्याम्प अस्करको जिसिसि मैदानमा हुने जानकारी अध्यक्ष थोमस कुलुङले हामीलाई दिनुभएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौँ महानगर पालिका र तारकेश्वर नगरपालिकामा सरसफाई तथा सफाई वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्यथलोमा हुने लैगिक हिंसा सम्बन्धी" तालिम मंसिर २९ गते सम्पन्न गरेको छ ।
नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपालीले कार्यक्रमको शुभारम्भ गर्नु भएको सो कार्यक्रममा जिफन्टका उपमहासचिव नरनाथ लुइँटेलले लैगिक हिंसा सम्बन्धी जिफन्टको अचार संहिता लगायतका विषयमा प्रकाश पार्नु भएको सो कार्यक्रम सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले गर्नुभएको थियो ।

त्यसैगरी जिफन्टले काठमाडौँ टोखा नगरपालिकामा सरसफाई तथा सफाई वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्यथलोमा हुने लैगिक हिंसा सम्बन्धी" तालिम मंसिर ३० गते सम्पन्न गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नु भएको सो कार्यक्रममा जिफन्टका उपमहासचिव नरनाथ लुइटेल, नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपालीले लैगिक हिंसा सम्बन्धी जिफन्टको अचार संहिता लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रम सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले गर्नुभएको थियो ।
नेकपा(एमाले) केन्द्रीय पार्टी स्कुल विभागद्वारा मजदुर विशेष जिल्ला कमिटीलाई तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर २७ गते देखी जिफन्ट स्कुलमा सुरु भएको सो प्रशिक्षण कार्यक्रमको पहिलो दिन सामाजिक रूपान्तरण र मार्क्सवादी विश्व दृष्टिकोणका बारेमा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, नेपालका राजनैतिक दलहरूको तुलनात्मक अध्ययनका बारेमा पोलिटब्युरो सदस्य अनन्द पोखरेलले, नेपाली समाजको विकासक्रम र वर्गीय पक्षधरताको विषयमा स्कुल विभाग सदस्य प्राध्यापक डाक्टर रमेश भट्टराइले र सूचना संचारका बारेमा उपत्यका विशेष प्रदेश कमिटी सचिब मिलन धरेलले प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी प्रशिक्षणको दोस्रो दिन नेपाली कम्युनिष्ट आन्दोलनको विकास क्रम र प्रवृत्तिका बारेमा उपाध्यक्ष युवराज ज्ञवालीले, समावेशी सिद्धान्त बारेमा पोलिटब्युरो सदस्य पर्शुराम मेधी गुरूङ्गले, संगठन निर्माण, परिचालन विषयमा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले, श्रम प्रशासन र सुशासन विषयमा अधिवक्ता धनेन्द्र श्रेष्ठले र प्रशिक्षण व्यवस्थापन सिप शैलीका विषयमा उपत्यका विशेष प्रदेश उपाध्यक्ष बिदुर कार्कीले प्रशिक्षण दिनु भएको हो ।
प्रशिक्षण कार्यक्रमको अन्तिम दिन महाधिवेशनद्वारा पारित कार्यदिशाको विषयमा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा अन्जान शर्माले, प्रशिक्षण योजनाका बारेमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मजदुर विशेष जिल्ला इन्चार्ज सीता लामा र स्कुल विभाग सदस्य सुन्दर लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।
पार्टी केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य पेम्बा लामाले सहजीकरण गर्नुभएको सो प्रशिक्षण कार्यक्रममा मजदुर विशेष जिल्ला कमिटीका ४६ जना प्रशिक्षार्थीहरूको सहभागी रहेको कार्यक्रमको अन्तमा सहभागीहरूको तर्फबाट गिता लामिछाने र अर्जुनबाबु विकले कार्यक्रमको बारेमा धारणा राख्नुभएको थियो ।
मजदुर विशेष जिल्ला कमिटीका अध्यक्ष तुलसी सिवाकोटीको अध्यक्षतामा सचिब सुमन पराजुलीले संचालन गर्नु भएको प्रशिक्षण समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो