सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
अन्तरराष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले जिफन्ट सहयोग समूह (GEFONT SUPPORT GROUP) को लोगो सार्वजनिक गरेको छ ।
पुस ३ गते विभिन्न देशमा रहेका आफ्ना सदस्य समूहसँग अनलाइन माध्यमबाट जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले लोगो सार्वजनिक गर्नु हुँदै संसारभरमा काम र पहिचानमा एकरूपता ल्याउनका लागि यस्तो कदम चालिएको जानकारी दिनु भयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि सबै श्रमिकहरूको सूचीकरणका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
श्रम कक्ष (डेक्स) सन्चालन समितिको पुस २ गते चाँगु नारायण नगरपालिकाका उप-मेयर रमेश बुढाथोकीको संयोजकत्वमा नगरपालिकाका सदस्य सचिव रिता जोशी, जनप्रतिनिधिहरू, जिफन्ट चाँगुनारायण नगर कमिटि अध्यक्ष सुरेश मान मधिकर्मी र सदस्य बाल कृष्ण खाईतु सहभागी रहनु भएको बैठकले सो कुरा निर्णय गरेको हो ।
नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा “साामााजिक सुरक्षामा नियमित योगदान – श्रमिकको अधिकार संरक्षण" मुल नाराकासाथ १८ डिसेम्बर अर्थात पुस ३ गते वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू बिच भर्चुअल माध्यामबाट अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा सबै श्रमिकहरूलाई शुभकामना दिनु हुदै ‘जहाँ श्रमिक त्यहाँ जिफन्ट’ भन्ने नाराका साथ गन्तव्य मुलुकहरूमा क्रियाशील रहेको जिफन्ट यस वर्षदेखि यूरोप अमेरिका र जापानमा समेत प्रवासी श्रमिहरूलाइ जिफन्ट सहयोग समुह मार्फत संगठीत गर्ने अभियानमा जिफन्ट सहयोग समुह अमेरिकाले आफ्नो गतिविधि सुरू गरी जानकारी दिनु भयो ।
अध्यक्ष श्रेष्ठले जिफन्टले वर्षौंदेखि वैदेशिक रोजगारीको सम्बन्धमा ‘मुलूकमा नै न्यायिक ज्याला सहितको रोजगारी’को माग गर्दै आएको र वैदेशिक रोजगारीलाई बाध्यता हैन, छनौटको विषय बनाऔँ भन्ने दृष्टिकोण कायमै रहेको बताउनु भयो ।

विदेश विभाग सचिव स्मृति लामाले सहजिकरण गर्नु भएको सो अन्तरक्रियामा मलेसिया, युएई, कतार, कुवेत, साउदी, जापान र अमेरिकाबाट करिब ४० जना प्रवासी श्रमिक सहित जिफन्ट पदाधिकारी तथा सचिवालयको उपस्थित रहेको थियो ।
जिफन्ट सहयोग समूहको नयाँ लोगो सार्वजनिक
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले जिफन्ट सहयोग समुह (GEFONT SUPPORT GROUP) को लोगो सार्वजनिक गरेको छ । पुस ३ गते विभिन्न देशमा रहेका आफ्ना सदस्य समूहसँग अनलाइन माध्यमबाट जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सार्वजनिक गर्नु हुदै संसारभरमा काम र पहिचानमा एकरूपता ल्याउनका लागि यस्तो कदम चालिएको जानकारी दिनु भयो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) जिफन्टले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा “साामााजिक सुरक्षा नियमित योगदान–श्रमिकको अधिकार संरक्षण" मुल नाराकासाथ यस वर्षको अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस (१८ डिसेम्बर) मनाउने क्रममा हिजो जिफन्ट सभाहलमा पत्रकार सम्मेलन मार्फत विगतमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको बारेमा जानकारी सहितको फ्याक्ट सिट सार्वजनिक गरेको छ । फ्याक्ट सिट सार्वजनिक गर्नु हुदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले संसारभरका वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको योगदानको सम्मान गर्दै तिनको अधिकारको संरक्षण गर्नको लागि आवाज उठाउने दिवसको रूपमा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको रूपमा मनाउदै आएको भनु हुदै यो वर्ष १८ डिसेम्बर अर्थात पुस ३ गते जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ देश र विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिनु भयो ।

अध्यक्ष श्रेष्ठले जिफन्टले वर्षौंदेखि वैदेशिक रोजगारीको सम्बन्धमा ‘मुलूकमा नै न्यायिक ज्याला सहितको रोजगारी’को माग गर्दै आएको भन्नुहुदै वैदेशिक रोजगारीलाई बाध्यता हैन, छनौटको विषय बनाऔँ भन्ने दृष्टिकोण कायमै रहेको बताउनु भयो ।
‘जहाँ श्रमिक त्यहाँ जिफन्ट’ भन्ने नाराका साथ कोरिया देखि मलेसिया, र साउदी अरेबिया लगायत सबै गन्तव्यहरूमा कृयाशिलररहेको जिफन्ट यस वर्ष देखी यूरोप र अमेरिकामा प्रवासी श्रमिहरूलाइ जिफन्ट सहयोग समुह मार्फत संगठीत गर्ने अभियानमा अगाडी बढाएको र जिफन्ट सहयोग समुह अमेरिकाले आफ्नो गतिविधि सुरू गरी सकेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षाको योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार अठहत्तर जना श्रमिकहरूको योगदान सहित सूचिकरण भएको छ, तर उनीहरुको योगदान नियमित नहुनाले कोषको स्किमहरू अनुसार श्रमिक स्वयम र परिवारजनले पाउने सुविधाहरूबाट वञ्चित हुनु परेकोछ। त्यसैले जिफन्टले आठौं महाधिवेशनमा लिएको सामाजिक सुरक्षामा ‘मिसन टु मिलियन’को नारालाई यो वर्षबाट “मिसन टु मिलियन - नियमित योगदान सहित” अभियान संचालन गर्ने बताउनु भयो ।
जिफन्ट महासचिब लक्ष्मण शर्माले संचालन गर्नुभएको सो पत्रकार सम्मेलनमा जिफन्ट पदाधिकारी तथा सचिवालयको उपस्थित रहेको थियो ।
जिफन्टको कायकल्पका लागी अभियान २०८१ जिफन्ट कोशी प्रदेश कमिटीले मंसिर २ गते देखी झापावाट सुरु गरेको छ ।
्जिरफन्ट राष्टिय कमिटी सदस्य सन्त कुमार राईको अध्यक्षतामा झापा जिल्लाको बिर्तामोडमा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी जिफन्ट सचिव हरी वहादुर कार्कीले अभियानको विषयमा प्रकाश पार्नु हुदै अभियान संचालन गर्नको लागी टिम संरचनाको बारेमा र अभियानको कार्य अवधिको बारेमा र अभियानभित्र गरिने कार्यहरूको बारेमा प्रकास पार्नु भएको थियो ।

कार्यक्रममा राष्टिय कमिटी सदस्य भिम ज्वाला राई, कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमला, नेकपा एमाले झापा जिल्ला कमिटी उपाध्यक्ष शिव ढुंगेलको लगाएतका अतिथिहरू उपस्थित सो कार्यक्रममा क्युपेक उपाध्यक्ष अम्बिर लिङदेनले स्वागत मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पुस १ गते बाध्यकारी श्रम उन्मुलन र आइएलओ प्रोटोकल २९ सम्बन्धी सांसदहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले सचिब तथा संसदिय विभाग प्रमुख योगेश भट्टराइले कुनै पनि श्रमिकलाई बाध्यकारी श्रम लगाउनु भनेको दण्डनीय भएको बताउनु हुदै सभ्य समाजमा निर्माणकालागि बाध्यकारी श्रमलाई निर्मुल बनाउन अवश्यक रहेको, यसकालागी नेकपा एमाले सधै श्रमिकहरूको सम्मानजनक पारीश्रमिक र योगदानमा अधारीत सामाजिक सुरक्षाको ग्यारेण्टी र मर्यादित कामको पक्षमा रहेको भन्नु हुदै कानुन निर्माण, संशोधन र कार्यान्वयनकालागी नेकपा एमालेका सांसदहरूले संसदमा भुमिका निर्वाह गर्ने बताउनु भयो ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जिफन्टले ३ दशक अगाडी देखी पश्चिम नेपालमा रहेको कमैया बाध्यकारी श्रम उन्मुलन गर्न महत्त्वपूर्ण काम गरेको तर वर्तमान श्रमको संसारमा आएको परीवर्तनसंगै हरेक श्रम क्षेत्रमा बाध्यकारी श्रमको स्वरूप पनि परिवर्तन भएको र यस्का लागि नयाँ ढंगबाट निरन्तर रूपमा छलफल अगाडी बढाउने बताउनु भयो ।
उपाध्यक्ष बिदुर कार्कीले जिफन्टको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नु भएको सो कार्यक्रममा ILO का प्रतिनिधी राम शर्माकरले संशोधन गर्नु पर्ने कानुनहरूको सन्दर्भमा श्रम मन्त्रालयले कमिटी नै बनाइ ग्याप अनालाइसिस गरीरहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रमुख सचेतक महेश बर्तैला, सचेतक सुनिता बराल र मानिनयहरू ईश्वरी घर्ती मगर, बिजुला रायमाझी, निर्मला देवकोटा, रूकमणी कोइराला, दिपा शर्मा, शान्ती चौधरी र प्रदेश सभा सदस्य बिन्दु श्रेष्ठ र उर्मिला सुनुवार र जिफन्ट उपाध्यक्ष सिता लामाले बाध्यकारी श्रमको बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकालागी लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122132102180435116&type=3