??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्टले बैदेशीक रोजगारीको सिलसिलामा कुवेतमा अलपत्र महिलाको उद्धार

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बैदेशीक रोजगारीको सिलसिलामा कुवेतमा अलपत्र परेकी एक महिलाको उद्धार गरी नेपाल फर्काउन सफल भएको छ ।  

उद्धार गरिएकी छहरा नगरपालिका ७ पाल्पाकी २५ वर्षिय पूजा सेरबुजा मगर करिव १ महिना अगाडी बैदेशिक रोजगारीका लागी कुवेत पुग्नु भएको  हो ।  

कम्पनिमा क्लिनिङको काम लगाइदिने आश्वासन दिएर कुवेत पुराईएकी मगरलाई  एजेन्टले ६५० डलरमा घरेलु कामदारका लागि विक्रि गरिएको बताइएको छ । 

जिफन्ट प्रवासी डेक्सका जनक बि.क ले दिनु भएको जानकारी अनुसार  नेपाल फर्काउने सम्पूर्ण खर्च एजेन्टले व्योहोर्ने गरी साउन १४ गतेउ पुजा मगरलाई नेपाल फर्काइएको हो । उहाँलाई परिवारको जिम्मा लगाइएको छ । 
 

IDWF का पदाधकारीहरु र गृह श्रमिक सदस्यहरू बिच साक्षात्कार

अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघ (IDWF) का पदाधकारीहरु र नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) का सदस्यहरू बिच साउन १९ गते अनामनगर स्थित जिफन्ट ट्रेड युनियन स्कुलमा साक्षात्कार भएको छ । 

सहभागीहरुले संसारभरीकै घरेलु श्रमिकहरूको मुद्धाहरु समान प्रकृतिको भएकाले एकताबद्ध आन्दोलन मार्फत उपलब्धी हांसिल गर्न सकिने धारणा राखेका छन् ।

उक्त साक्षात्कारमा IDWF प्रतिनिधि मण्डललाई स्वागत गर्दै जिफन्ट उपाध्यक्ष श्रेष्ठले नेपालको सन्दर्भमा घरेलु श्रमिकहरूको मुद्धालाई स्थापित गर्न हुनले सशक्त आन्दोलनहरू अघि बढाएको बताउनु भयो । सो भेटघाटमा जिफन्ट विदेश विभाग सचिव स्मृति लामा, हुन अध्यक्ष चन्द्र सागर लामा, महासचिव ज्ञानु केसी लगायत केन्द्रीय सदस्यहरू र घरेलु श्रमिकहरू हुनुहुन्थ्यो । 

त्यसैगरी, IDWF का तर्फबाट महासचिव एड्रीना प्याज (Adriana Paz) को नेतृत्वमा उपाध्यक्ष र सदस्यहरू सहभागी हुनुहुन्थ्यो । 

उक्त अवसरमा हुन (HUN) अध्यक्ष चन्द्र सागर लामाले नेपाली घरेलु श्रमिकहरूको अवस्थामा सुधार ल्याउन स्थापनाकालदेखिनै IDWF बाट प्राप्त सहकार्य र ऐक्यबद्धताको प्रंससा गर्नुभयो । 

गत श्रावण ११ गते नै IDWF का महासचिव एड्रीना प्याजले जिफन्ट केन्द्रीय कार्यालयमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र महासचिव लक्ष्मण शर्मा बिच भेटघाट तथा छलफल गर्नुभएको थियो । 

जिफन्टले कुवेतबाट एक महिलाको उध्दार

जिफन्ट प्रवासी डेस्क कुवेतको सहयोगमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ की मनमाया सुनार साउन २३ गते स्वदेश फर्कन सफल हुनु भएको छ । 

स्थानीय एजेन्टले वैदेशिक रोजगारीका लागि दुबइ लैजाने भनि कुवेत पुर्याएका थिए । "फ्रि भिसा फ्रि टिकट"को प्रलोभनमा पारिएकी मनमायालाई त्यहाँ पुगेपछि दैनिक १८ घण्टाको यातनापूर्ण घरेलु श्रमिक बनाइएको थियो । 

नेपाल फर्काइदिन जिफन्टको सम्पर्कमा आउनु भएकी मनमाया सुनारलाई सबै खर्च एजेन्टले बेहोर्नेगरी ५ दिनभित्र नेपाल फर्काउन सफल भएको जिफन्ट प्रवासी डेक्सका जनक बिकले जानकारी दिनुभयो । 

जिफन्ट सहयोग समुह कतारमा दुइ वटा एरिया कमिटि गठन

जिफन्ट सहयोग समुह कतारले "दोहा एरिया र सनैया एरिया (B ) गरि २ वटा एरिया कमिटि गठन गरेको छ ।

भदौ ७ गते एरिया इन्चार्ज गणेश प्रसाद दुलालको अध्यक्षतामा, संघका प्रमुख सल्लाहकार तथा प्रवासी नेपाली मञ्च कतारका सचिव शेषराज तिमिल्सीनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट कतार अध्यक्ष समुन्द्र खड्का, नवराज शाही, महासचिव लोक थापा सहित जिफन्ट सहयोग समुह कतारका केन्द्रिय कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । 

उमा देवी दाहालको नेतृत्वमा ७ सदस्यीय दोहा एरिया कमिटि र छत्र लिम्बुको नेतृत्वमा १२ सदस्य सनैया एरिया B कमिटि गठन भएको हो |
 

 कार्यक्रमको फोटोकालागी

https://www.facebook.com/media/set/?set=a.122113095230435116&type=3

साइप्रस जाने १०० जना श्रमिकहरूलाई सामाजिक सुरक्षाबारे प्रशिक्षण

वैदेशिक रोजगारीकालागि साइप्रस जाने तयारीमा रहेका १०० जना श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षाबारे प्रशिक्षण कार्यक्रम भाद्र ९ गते काठमाण्डौमा सम्पन्न भएको छ । 

नेपाल ट्रेड युनियन महसंघ जिफन्ट, सामाजिक सुरक्षा बिभाग सचिव तारा निधि पन्त, सामाजिक सुरक्षा कोषको अधिकृत राधिका निरौला, सार्थक महरा र वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष सन्जु गुरुङले कसरी सूचीकृत हुने र यसबाट कसरी लाभान्वित हुने सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रममा प्रशिक्षकहरूले वैदेशिक रोजगारमा जाने श्रमिकको अधिकार र कर्तव्यको बारेमा पनि प्रशिक्षित गराउनु भएको थियो ।

घर फर्किन लाग्दा मलेसियाको एयरपोर्टमै ढले रुपलाल

दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी गत भाद्र २२ गते मलेशियाबाट नेपाल फर्किने तयारीमा थिए । साढे चार वर्षपछि घर फर्कन लागेका उनी एयरपोर्टमै मृत्यु भएको हो।

दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा पत्नी दिदी, भिनाजु र आफन्तलाई र मलेसियामै रहेका भाइ लोकमणिसँग भिडियो कल र फोन गर्दै आफू फर्कन लागेको जानकारी दिएका थिए ।

नेपाल फर्किने बेलासम्म पनि घरमा खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।

लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुलेको हो ।