लेबनानमा रहेका नेपालीको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ: परराष्ट्र मन्त्रालय
अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघ (IDWF) का पदाधकारीहरु र नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) का सदस्यहरू बिच साउन १९ गते अनामनगर स्थित जिफन्ट ट्रेड युनियन स्कुलमा साक्षात्कार भएको छ ।
सहभागीहरुले संसारभरीकै घरेलु श्रमिकहरूको मुद्धाहरु समान प्रकृतिको भएकाले एकताबद्ध आन्दोलन मार्फत उपलब्धी हांसिल गर्न सकिने धारणा राखेका छन् ।
उक्त साक्षात्कारमा IDWF प्रतिनिधि मण्डललाई स्वागत गर्दै जिफन्ट उपाध्यक्ष श्रेष्ठले नेपालको सन्दर्भमा घरेलु श्रमिकहरूको मुद्धालाई स्थापित गर्न हुनले सशक्त आन्दोलनहरू अघि बढाएको बताउनु भयो । सो भेटघाटमा जिफन्ट विदेश विभाग सचिव स्मृति लामा, हुन अध्यक्ष चन्द्र सागर लामा, महासचिव ज्ञानु केसी लगायत केन्द्रीय सदस्यहरू र घरेलु श्रमिकहरू हुनुहुन्थ्यो ।
त्यसैगरी, IDWF का तर्फबाट महासचिव एड्रीना प्याज (Adriana Paz) को नेतृत्वमा उपाध्यक्ष र सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।
उक्त अवसरमा हुन (HUN) अध्यक्ष चन्द्र सागर लामाले नेपाली घरेलु श्रमिकहरूको अवस्थामा सुधार ल्याउन स्थापनाकालदेखिनै IDWF बाट प्राप्त सहकार्य र ऐक्यबद्धताको प्रंससा गर्नुभयो ।
गत श्रावण ११ गते नै IDWF का महासचिव एड्रीना प्याजले जिफन्ट केन्द्रीय कार्यालयमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र महासचिव लक्ष्मण शर्मा बिच भेटघाट तथा छलफल गर्नुभएको थियो ।