भिजिट भिसामा दुबई जानेको लर्को

नेपाल प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईकालागि मात्रै दैनिक दुई सय ५० महिलाको तस्करी हुने जानकारी प्राप्त भएको छ ।

भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्ने भएकोले तस्करले कानुनको यही दफा प्रयोग गरेर सजिलै मानव तस्कर गरिरहेका छन् । 

विगतमा भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य थियो । जसका लागि फर्जी कागजात बनाउने मात्र नभई अध्यागमनका कर्मचारीसँग समेत सेटिङ मिलाउनुपर्थ्यो । 

तर, अहिले उल्लेखित कुनै कागजात जुटाउनु नपर्ने हुँदा मानव तस्करी सहज भएको छ । सूचनाअनुसार नेपालको मात्र होइन, भारतको विमानस्थल हुँदै नेपाली महिलाको तस्करी भइरहेको छ । 

तस्करले नेपाल र दुवईमा सञ्जाल नै खडा गरि यस्तो कार्य गरिरहेको जानकारीमा आएको  छ ।