??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जनताको पिडामा जिफन्ट

नेपाल ट्रेड यूनियन महासंघले (जिफन्ट)ले गत असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढीको कारण दुबानमा परेको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउने काम गरेको छ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा असोज १४ गते करिब ४ दर्जन श्रमिकहरूको टोलीले हिलो पन्छाएर सफाई कार्यको थालनी गरेको छ । 

यस अधि जिफन्ट बिपद ब्यवस्थापन कमिटी र जिफन्ट युवा कमिटीको नेतृत्वमा असोज १२ गते बल्खु र कुलेश्वरको विचमा करीब ८ महिनाको बच्चा सहित ४ जनालाइ उद्दार गरेको थियो भने असोज १३ गते बाढीबाट क्षतिग्रस्त सुन्दरीघाट स्थीत सुलक्षण किर्ती बिहारमा हिलो पन्छाउने काम गरेको थियो ।

जिफन्टले अविरल वर्षाबाट भएको जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन

गत असोज १० गतेदेखि परेको अविरल वर्षाबाट भएको जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन तथा उद्धार कार्यमा लाग्न असोज १६ गते जिफन्टमा योजना बैठक सम्पन्न भएको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले प्राकृतिक प्रकोपको कारण देश अप्ठेरो स्थितीमा हुँदा-जिफन्ट सधै अग्रभागमा रहेर काम गर्दै अएको स्मरण गर्नु हुदै प्रकोपका कारणले भएको जन–धनको क्षति पुरा गर्न नसकिएता पनि पिडामा रहेका श्रमिकहरूलाई मलम लगाउने काम जिफन्टले १२ गतेदेखि नै सुरू गरी सकेको भन्नु भयो । 

जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश र घटक युनियनका नेताहरू संलग्न रहेको सो बैठकमा अगामी २० गते भित्र जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन गरी सक्ने योजना बनाएको छ ।

जिफन्टले आफ्ना सबै संरचना, आबद्घ यूनियनका साथै व्यक्तिगत सदस्यलाई आफ्ना नजिक र थाहा भएका सदस्यहरूको विवरण केन्द्र, प्रदेश, जिल्ला, आ–आफ्नो यूनियन वा सिधै श्रमिक खबरलाई फेसबुक मेसेन्जर मार्फत पनि जानकारी दिन हुन हार्दिक अनुरोध गरेको छ ।
 

जिफन्टले नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउयो

नेपाल ट्रेड यूनियन महासंघले (जिफन्ट)ले गत असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढीको कारण दुबानमा परेको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउने काम गरेको छ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा असोज १४ र १६ गते श्रमिकहरूको टोलीले  हिलो पन्छाएर सफाई कार्यको थालनी गरेको हो । 
 

जलवायु परिवर्तनबाट मजदुरहरुलाई बचाउन सकारात्मक सोच आवश्यकः अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट हुने असर र क्षतिमा मजदुरहरु प्राथमिकता नपर्ने गरेको र मजदुरलाई सरकारले गर्ने व्यवहार त्रुटिपूर्ण रहेको बताउनु भएको छ ।

संयुक्त ट्रेड युनियन केन्द्र (जेटियुसिसी) ले चैत्र ९ गते आयोजना गरेको ‘नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायिक रुपान्तरणका मुद्दाहरु’ विषयक कार्यक्रममा बोल्नुहुदै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनका असरबाट मजदुरहरुलाई बचाउन सबैले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीका अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल ट्रेड  युनियन काँग्रेस (एनटियुसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवर र सार्टुकका महासचिव लक्ष्मण बस्नेतले जलवायु परिवर्तन र यसबाट हुने असरका बारेमा जनचेतनामुलक कार्यक्रमका लागि सरकार र ट्रेड युनियन संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको थियो  ।
 

जलवायु परिवर्तन र न्यायीक रुपान्तरण सम्बन्धी तालिम सम्पन्न

अन्तरर्राष्ट्रिय ट्रेड युनियन केन्द्र (आईटीयुसी) एसिया प्रसान्तको आयोजनामा जलवायु परिवर्तन र न्यायीक रुपान्तरण बिषयमा ३ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

आईटीयुसी नेपाल आवद्ध समिती संयोजक तथा एनटीयुसी अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भाद्र ५ गते शुभारम्भ भएको प्रशिक्षण कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो । 

उपाध्यक्ष बिदुर कार्कीले पर्यावरणीय परिवर्तनको अभियान र आगामी कार्ययोजना बारेमा, महासचिव लक्ष्मण शर्माले  न्यायीक रुपान्तरणमा श्रमिक अधिकार बिषयमा सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी प्रशिक्षण कार्यक्रममा हरित रुपान्तरण र सिद्धान्त, मुद्दा र चुनौती र जलवायु परिवर्तन र न्यायीक रुपान्तरणमा नेपाल सरकारको नीतिका बारेमा सतोशी तमै, लोट्टे यलिगार्ड, जोन पावल र वन तथा वातावरणका उप- सचिब नरेश शर्माले सहजिकरण गर्नु भएको थियो ।

आईटियूसि न्याकको रणनीतिक योजना कार्यशाला सम्पन्न

अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आईटियूसि न्याक) र डिटिडिए डेनमार्कको संयुक्त आयोजनामा २ दिने रणनीतिक योजना कार्यशाला ललितपुरको गोदावरीमा सम्पन्न भएको छ  ।

आईटियूसि न्याक अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भाद्र ८ गते देखी सुरू भएको कार्यशालामा नेपाल ट्रेड युनिनय महासंघ (जिफण्ट) नेपाल ट्रेड युनियन कांग्रेस  (एनटियुसी)  र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहेको थियो । 

डिटिडिए प्रमुख लोट्टे यलिगार्ड र कार्यक्रम अधिकृत जोन पाउलको सहभागीता कार्यशालाले विगतमा गरिएका कार्यक्रमहरुको समिक्षा र आगामी सन् २०२६ कोलागि कार्यक्रमको योजना तयार पारेको छ ।