जलवायु परिवर्तनबाट मजदुरहरुलाई बचाउन सकारात्मक सोच आवश्यकः अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट हुने असर र क्षतिमा मजदुरहरु प्राथमिकता नपर्ने गरेको र मजदुरलाई सरकारले गर्ने व्यवहार त्रुटिपूर्ण रहेको बताउनु भएको छ ।

संयुक्त ट्रेड युनियन केन्द्र (जेटियुसिसी) ले चैत्र ९ गते आयोजना गरेको ‘नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायिक रुपान्तरणका मुद्दाहरु’ विषयक कार्यक्रममा बोल्नुहुदै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनका असरबाट मजदुरहरुलाई बचाउन सबैले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीका अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल ट्रेड  युनियन काँग्रेस (एनटियुसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवर र सार्टुकका महासचिव लक्ष्मण बस्नेतले जलवायु परिवर्तन र यसबाट हुने असरका बारेमा जनचेतनामुलक कार्यक्रमका लागि सरकार र ट्रेड युनियन संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको थियो  ।