??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

प्राकृतिक विपद्को बेला सतर्क रहि सुरक्षित स्थानमा बस्न जिफन्टको आग्रह

नेपालीहरुको महानचाड बडा दशै लगतै देशभर भइरहेको निरन्तर वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरो जस्ता प्राकृतिक विपद् उत्पन्न भएका छन् । यस अवस्थामा सम्पूर्ण देशवासीहरूलाई सतर्क रहि सुरक्षित स्थानमा बस्न तथा अत्यावश्यक बाहेक अन्य यात्रा नगर्न हार्दिक अनुरोध गर्दछौं ।

जबजब मुलुकमा बिपत आई पर्छ नागरिकको सहयोगी बनी उद्वार तथा पुनर्निर्माणमा जिफन्टले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 

तसर्थ कहि कतै बिपत परेको अवस्थामा बिगतका बर्षहरुमा जस्तै उद्वार र सहयोगमा खटिन देशभरि रहनु भएका जिफन्टका नेता र कार्यकर्ताहरुलाई हार्दिक अनुरोध गर्दछु र यस समयमा जिफन्टका सदस्य तथा कोहि पनि प्राकृतिक बिपतमा पर्नु भएको छ भने कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गर्द छौं ।
 

सुनसरी–मोरङ कोरिडोरमा बाढी पसेर लगभग दुई दर्जन उद्योग क्षति

असोज १८ र १९ गतेको वर्षापछि डुबान तथा खोलाको बाढी उद्योगभित्र पसेर सुनसरी–मोरङ कोरिडोर र मोरङको कटहरी गाउँपालिकामा रहेका लगभग दुई दर्जन उद्योग क्षति भएको छ । 

उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चुडामणि भट्टराईका अनुसार बाढीबाट ५० करोड रुपियाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । 

उद्योगमा क्षति पुगेपछि दैनिक चार हजार दुई सय जना मजदुरलाई केही दिन होल्डमा बस्न भनिएको छ । दैनिक तीन सिफ्ट चल्ने उद्योग सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ ।  

जलवायु न्यायको पक्षमा जिफन्ट सम्बध्द श्रमिक महिला तथा युवाको प्रदर्शन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सम्बध्द श्रमिक महिला तथा युवाहरुले जलवायु न्यायको पक्षमा कार्तिक २९ गते काठमाडौं जिल्लाको अनामनगरमा प्रदर्शन गरेका छन्।

विश्वव्यापी रुपमा संसारका महत्वपूर्ण शहरहरुमा लाखौं स्थानीय श्रमिक र समुदायका नागरिकहरुले प्रणालीगत असमानता, वातावरणीय नस्लवाद, र कर्पोरेट दण्डहीनताको निन्दा गरिरहेको प्रदर्शनहरुप्रति जिफन्टले ऐक्यवध्दता जाहेर गरेको हो ।

कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्माले जलवायु सङकटबाट श्रमिक जनतालाई जोगाउनै पर्छ भन्ने कुरामा जोड दिदै, "न्यायपूर्ण संक्रमण भनेको पूरानो प्रविधिलाई नवीकरणीय ऊर्जामा सार्ने मात्र होइन - यसको अर्थ सुरक्षित जीविकोपार्जन, उचित तालिम र बलियो सामाजिक सुरक्षा हो ताकि श्रमिकहरूले सुरक्षित प्रविधिमा हुने संक्रमणमा थप बेरोजगार र शोषणको शिकार हुनु बाध्य नहुनु हो भन्नु हुंदै यो बहसहरुमा हाम्रो सहभागिता अनिवार्य रहेको बताउनु भएको छ ।

एसियामा फिलिपिन्स, भारत, बंगलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी सहर र प्रान्तमा करिब १० हजार मानिसहरु आन्दोलनमा सामेल भएका छन् । 
 

जिफन्टले मनायो विश्व वातावरण दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विश्व वातावरण दिवस ५ जुनको सन्दर्भमा जेठ २२ गते एक कार्यक्रम आयोजना  गरेको छ । 

कार्यक्रममा अध्यक्ष बिनोद श्रेष्ठले विश्व वातावरण दिवसको २०२६को अवसरमा शुभकामना व्यक्त गर्नु हुंदै हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले हामीलाई प्रकृतिप्रति आफ्नो दायित्व सम्झाउने अवसर प्रदान गर्ने र स्वच्छ हावा, शुद्ध पानी, हरियाली वन तथा जैविक विविधता हाम्रो अस्तित्वका आधार भएको बताउनु भयो  । 

अध्यक्ष श्रेष्ठले बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अव्यवस्थित उपयोगले वातावरणमा गम्भीर चुनौतीहरू सिर्जना भइरहेको भन्नु हुंदै विश्व वातावरण दिवसको अवसरमा हामी सबैले वातावरण संरक्षणका लागि दृढ संकल्प गर्ने प्रेरणा मिलने बिश्वास सहित सबैले भावी पुस्तालाई स्वच्छ तथा सुरक्षित पृथ्वी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्न पनि आब्हान गर्नु भएको छ ।
 

अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण बारे सामाजिक संवाद

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (नेपाल आवध्द परिषद) आइटियुसि न्याकले अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण शीर्षकमा साउन २० गते सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) तथा आईटीयुसी–न्याकका अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकको हक, अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताकालागि श्रम पक्षीय सामाजिक संवाद अपरिहार्य रहेको बताउनुभयो। 

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का मापदण्ड अनुसार सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै सामाजिक संवादले श्रमिकमैत्री नीति निर्माण, श्रम सम्बन्ध सुदृढीकरण तथा न्यायपूर्ण रूपान्तरणलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। 

न्यायपूर्ण रूपान्तरणलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका नीति, कानुन र कार्यान्वयन प्रक्रियामा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकार, रोजगारदाता र श्रमिकबीच निरन्तर सहकार्य हुनुपर्ने धारणा राख्नु हुंदै अध्यक्ष श्रेष्ठले महिला र युवाकेन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

जिफन्ट उपाध्यक्ष तथा आईटीयुसी–न्याकका सल्लाहकार विदुर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा आइएलओ नेपालका प्रतिनिधि सोलोमन राजबंशीले "न्यायपूर्ण रूपान्तरण र अनौपचारिक क्षेत्रका श्रमिकका चुनौतीहरूबारे " कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, अण्टुफका वरिष्ठ उपाध्यक्ष धन बहादुर वि.क, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला, ट्रेकिङ व्यवसायी संघका अध्यक्ष सागर पाण्डे, होटल व्यवसायी महासंघ बागमतीका महासचिव माधव दुवाडी, नेपाल निर्माण व्यवसायी महासंघका कार्यकारी अधिकृत राजेश गौतम लगायतका सहभागिहरूले न्यायपूर्ण रूपान्तरणको प्रक्रियामा अनौपचारिक क्षेत्रका श्रमिकको आवाजलाई नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

 

जिफन्ट नेतृत्वद्धारा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संरक्षक विष्णु रिमाल र अध्यक्ष विनोद श्रेष्ठ नुवाकोट पुग्नु भएको छ।

बाढीका कारण प्रभावित क्षेत्रको अवस्था, भौतिक तथा मानवीय क्षति र प्रभावित श्रमिक तथा स्थानीयवासीको अवस्थाबारे स्थलगत जानकारी लिन जिफन्ट नेतृत्व नुवाकोट पुग्नु भएको हो।