अन्तरर्राष्ट्रिय ट्रेड युनियन केन्द्र (आईटीयुसी) एसिया प्रसान्तको आयोजनामा जलवायु परिवर्तन र न्यायीक रुपान्तरण बिषयमा ३ दिने प्रशिक्षण सम्पन्न भएको छ ।
आईटीयुसी नेपाल आवद्ध समिती संयोजक तथा एनटीयुसी अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भाद्र ५ गते शुभारम्भ भएको प्रशिक्षण कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो ।
उपाध्यक्ष बिदुर कार्कीले पर्यावरणीय परिवर्तनको अभियान र आगामी कार्ययोजना बारेमा, महासचिव लक्ष्मण शर्माले न्यायीक रुपान्तरणमा श्रमिक अधिकार बिषयमा सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी प्रशिक्षण कार्यक्रममा हरित रुपान्तरण र सिद्धान्त, मुद्दा र चुनौती र जलवायु परिवर्तन र न्यायीक रुपान्तरणमा नेपाल सरकारको नीतिका बारेमा सतोशी तमै, लोट्टे यलिगार्ड, जोन पावल र वन तथा वातावरणका उप- सचिब नरेश शर्माले सहजिकरण गर्नु भएको थियो ।