??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

भावपूर्ण श्रद्धाञ्जली कमरेड टि एन रावत

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बरिष्ठ युनियनकर्मी संजाल सदस्य कमरेड टि एन रावतको पुस २८ गते असामयिक निधनको खवरले जिफन्ट परीवार स्तब्ध भएको छ । 

जिफन्ट, दिगंवत रावतप्रति तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।

कमरेड रावत जिफन्ट बिपत ब्यबस्थापन कमिटी सदस्य, लुम्बीनी प्रदेश कमिटी सदस्य तथा बाके जिल्ला इन्चार्ज, जिफन्ट आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका उपाध्यक्ष भएर काम गरी सक्नु भएको छ ।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कर्मचारी सङ्गठनका सभापति, समाजिक सुरक्षा बिभाग प्रमुखको जिम्मेवारी कुशलता पुर्वक निर्वाहा गरी सुक्नु भएका कमरेड रावत हाल नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य, जिफन्ट बरिष्ठ युनियनकर्मी संजाल सदस्यको रूपमा क्रियाशिल हुनुन्थो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा कमरेड हरिप्रसाद शर्मा काफ्लेप्रति श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा मजदुर आन्दोलनका अग्रज व्यक्तित्व तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जेष्ठ, समर्पित र निष्ठावान नेता हरिप्रसाद शर्मा काफ्लेप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परीवारजनमा समवेदना ब्यक्त गरेको छ । 

गत  पुस २६ गते निधन हुनु भएका काफ्लेको निवासमा पुस ३० गते नेकपा एमाले महासचिब शंकर पोखरेलको नेतृत्वमा पार्टी र जिफन्टका नेताहरूको सहभागीतामा एमाले अध्यक्ष केपी शर्मा अलीले पठाउनु भएको शोक बक्तब्य शोकाकुल परीवारलाइ महासचिब पोखरेलले हस्तान्तरण गर्नु भएको थियो । 

स्वर्गीय हरिप्रसाद शर्मा काफ्लेको निधनले नेकपा (एमाले) ले एक अनुभवी, कर्मठ र निष्ठावान नेता तथा नेपाली मजदुर आन्दोलनका एक सच्च्चा अग्रज गुमाएको उल्लेख गर्दै पार्टी उहाँका अमूल्य योगदानहरूलाई उच्च सम्मानका साथ सदैव स्मरण गर्ने शोक बक्तब्यमा उल्लेख छ ।
 

जिफन्टले देशभरी मे दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय श्रमिक दिवस मे डे २०८३ बैसाख १८ गते विविध कार्यक्रम गरी मनाइएको छ ।

कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति-श्रमिकसँग समृद्धि भन्ने नारासहित मे दिवस २०८३ को अवसरमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा श्रमिक र्‍याली निकालेको हो । 

काठमाडौंको भृकुटीमण्डपबाट हजारौँ श्रमिकहरूको सहभागितामा सुरु भएको र्याली सुन्धारा, जमल, घण्टाघर, कमलादी, पुतलीसडक र पद्मोदय हुँदै पुनः भृकुटीमण्डपमै पुगेर कोण सभामा परिणत भएको थियो।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियन अधिकार कसैको मायाले प्राप्त गरेको अधिकार नभइ हामीले सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार कसैको लहडमा श्रमिकहरूको संगठित हुन पाउने अधिकार खोस्न नसक्ने र नेपालको श्रम आन्दोलन कमजोर नभएको भन्नु हुंदै हरेक श्रमिक विरुद्धका गतिविधिको प्रतिकार गर्न सक्ने क्षमता  नेपाली श्रम आन्दोलनमा रहेको बताउनु भयो ।

श्रमको सम्मान, सीप र उत्पादनको अभिवृद्धि; र समग्र नेपालको समृद्धिकालागि जिफन्ट सदैब सम्बादकालागी तयार रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!” को अभियानमा जिफन्ट कृयाशिल रहेको बताउनु भयो । कार्यक्रमको संचालन जिफन्ट महासचिब लक्ष्मण शर्माले गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष किशोर धमलाले “नेपालको ट्रेड युनियन आन्दोलन कसैले रहरले गरेको होइन, श्रमिकको अधिकार र सामूहिक सौदाबाजीका लागि रगत–पसिना बगाएर स्थापित गरिएको भन्नु हुंदै जिफन्टका सदस्यहरूलाई अनुशासित र मर्यादित भइ “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!” को जिफन्ट अभियानमा लाग्न अनुरोध गर्नु भयो ।

कोशी प्रदेश कै झापा जिल्लाको भद्रपुर र बिर्तामोडमा, सुनसरी जिल्लाको धरानमा श्रमिक र्याली सहित सभा र उदयपुर जिल्लाको जलजलेमा रक्तदान गरी जिफन्टले मे दिवस मनाएको जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी दिनु भएको छ ।

जिफन्ट मधेश प्रदेशले जिफन्ट उपाध्यक्ष मन्जु थापाको प्रमुख अतिथ्यमा सिमरामा मजदुर सभाको आयोजना गरी मे दिवस २०८३ मनाएको छ भने सर्लाही, सिराहा र जनकपुरमा पनि जिफन्टको आयोजनामा मजदुर सभा सम्पन्न भएको जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले श्रमिक खबरलाइ जानकारी दिनु भएको छ ।

त्यसैगरी जिफन्ट बागमती प्रदेश अन्तरगत मकवानपुरमा श्रमिक र्याली सहित सभा, चितवन जिल्लामा श्रमिक सभा र दोलखामा रक्तदान कार्यक्रमको आयोजना गरी मे दिवस मनाएको छ  ।

मे दिवस २०८३ को सन्दर्भमा जिफन्ट गण्डकी प्रदेश कमिटीद्वारा गण्डकी प्रदेश भौतिक पुर्वधार तथा यातायात मन्त्रि गोविन्द बहादुर नेपालीको प्रमुख अतिथ्यतामा पोखरामा श्रमिक सभा तथा शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ भने, स्याङ्जा जिल्लाको पुतलीबजारमा र म्याग्दी जिल्लाको बेनीमा पनि  श्रमिक सभाको आयोजना गरी मे दिवस २०८३ मनाएको छ  ।

त्यसैगरी जिफन्ट लुम्बिनी प्रदेश कमिटीले रूपन्देही जिल्लाको बुटवलमा, बर्दिया जिल्लाको बासगढ़ीमा, बाके जिल्लाको क़ोहलपुरमा र पारासी जिल्लाको सरावलमा श्रमिक र्याली र सभा गरी मे दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

जिफन्ट कर्णाली प्रदेश कमिटीले सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा र सुदुरपस्चिम प्रदेशले कैलाली जिल्लाको धनगढी र कंचनपुर जिल्लाको भिमदत्तनगरमा श्रमिक र्याली र सभाको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मे डे २०८३ मनाएको छ ।

ट्रेड युनियन र पार्टी बिचको कामको समन्वय बिषयमा छलफल

 नेकपा एमाले काठमाण्डौ निर्वाचन क्षेत्र न १० द्वारा बैशाख १२ गते ट्रेड युनियन र पार्टी बिचको कामको समन्वय र मे दिवस २०८३ को संदर्भमा छलफल अयोजना गर्यो । 

छलफलमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र श्रमिक संगठन र पार्टिको सम्बन्ध माछा र पानीको सम्बन्ध जस्तो हुनु पर्ने बताउनु हुदै श्रमिक संगठनका सबै सदस्य पार्टि सदस्य नहुन सक्छ तर ति श्रमिक संगठनका सदस्यहरूलाइ पार्टीमा आकर्षित गर्न पार्टीले श्रमिकका मुदाहरूलाइ आत्मासाथ गर्नु पर्ने बताउनु भयो 

अध्यक्ष श्रेष्ठले बर्तमान सरकारले श्रमिकहरूको संगठन स्वतन्त्रता र सामूहिक सौदाबाजी गर्ने अधिकार माथी  धावा बोलेको भन्नु हुंदै श्रमिकहरूको संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरू बिरूद्ध गर्ने कामको खवरदारीको रूपमा जिफन्टले यस वर्षको मे दिवस मनाउने जानकारी दिनु हुंदै काठमाडो निर्वाचन क्षेत्र न १०बाट पनि सहभागिताकालागी योजना बनाउन अग्रह गर्नु भएको थियो । 

छलफलमा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब महेन्द्रलाल श्रेष्ठ, नेकपा एमाले प्रदेश तथा पालिका नेताहरूले जिफन्ट र नेकपा एमाले स्थानिय कमिटी बिचको समन्वय र मे दिवस भब्य रूपमा मनाउने बारे बिचार ब्यक्त गर्नु भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमाअन्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)को २२ गते सम्पन्न निर्वाचनबाट अन्जन श्रेष्ठको  आगामी तीन वर्षकालागि नयाँ कार्यसमिति चयन भएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले नव निर्वाचित कार्य समितीलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिंदै ट्रेड युनियन र उधोग ब्यवसायी बिचको सहकार्यले असल औधोगिक सम्बन्ध कायम गर्न सकिने भएकोले ट्रेड युनियन र उधोग ब्यवसायी बिच टकराव होइन, साझेदारी, संवाद- सहकार्य- र सहअस्तित्व आवश्यक रहेको बताएको छ ।
 

अलबिदा कमरेड जय प्रकाश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध जुट,गार्मेन्ट,कार्पेट तथा टेक्सटायाल मजदुर युनियन जिसिएम कार्पेटका अध्यक्ष, नेकपा एमाले गोकर्णेश्वर पालीका कमिटी सदस्य कमरेड जय प्रकाश ताजपुरियाको बैसाख २७ गते भएको असामयिक निधनले जिफन्ट परीवारलाइ मर्माहत बनाएको छ । 

जिफन्ट कमरेड जय प्रकाश प्रती भावपुर्ण श्रद्धाञ्ली अर्पण गर्दछ । यस दुःखद घडीमा सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।