युद्धविराम उल्लंघनबीच दक्षिण लेबनानमा आक्रमण, नेपाली श्रमिकको सुरक्षामा बढ्दो चिन्ता
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय श्रमिक दिवस मे डे २०८३ बैसाख १८ गते विविध कार्यक्रम गरी मनाइएको छ ।
कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति-श्रमिकसँग समृद्धि भन्ने नारासहित मे दिवस २०८३ को अवसरमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा श्रमिक र्याली निकालेको हो ।

काठमाडौंको भृकुटीमण्डपबाट हजारौँ श्रमिकहरूको सहभागितामा सुरु भएको र्याली सुन्धारा, जमल, घण्टाघर, कमलादी, पुतलीसडक र पद्मोदय हुँदै पुनः भृकुटीमण्डपमै पुगेर कोण सभामा परिणत भएको थियो।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियन अधिकार कसैको मायाले प्राप्त गरेको अधिकार नभइ हामीले सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार कसैको लहडमा श्रमिकहरूको संगठित हुन पाउने अधिकार खोस्न नसक्ने र नेपालको श्रम आन्दोलन कमजोर नभएको भन्नु हुंदै हरेक श्रमिक विरुद्धका गतिविधिको प्रतिकार गर्न सक्ने क्षमता नेपाली श्रम आन्दोलनमा रहेको बताउनु भयो ।

श्रमको सम्मान, सीप र उत्पादनको अभिवृद्धि; र समग्र नेपालको समृद्धिकालागि जिफन्ट सदैब सम्बादकालागी तयार रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!” को अभियानमा जिफन्ट कृयाशिल रहेको बताउनु भयो । कार्यक्रमको संचालन जिफन्ट महासचिब लक्ष्मण शर्माले गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष किशोर धमलाले “नेपालको ट्रेड युनियन आन्दोलन कसैले रहरले गरेको होइन, श्रमिकको अधिकार र सामूहिक सौदाबाजीका लागि रगत–पसिना बगाएर स्थापित गरिएको भन्नु हुंदै जिफन्टका सदस्यहरूलाई अनुशासित र मर्यादित भइ “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!” को जिफन्ट अभियानमा लाग्न अनुरोध गर्नु भयो ।
कोशी प्रदेश कै झापा जिल्लाको भद्रपुर र बिर्तामोडमा, सुनसरी जिल्लाको धरानमा श्रमिक र्याली सहित सभा र उदयपुर जिल्लाको जलजलेमा रक्तदान गरी जिफन्टले मे दिवस मनाएको जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी दिनु भएको छ ।

जिफन्ट मधेश प्रदेशले जिफन्ट उपाध्यक्ष मन्जु थापाको प्रमुख अतिथ्यमा सिमरामा मजदुर सभाको आयोजना गरी मे दिवस २०८३ मनाएको छ भने सर्लाही, सिराहा र जनकपुरमा पनि जिफन्टको आयोजनामा मजदुर सभा सम्पन्न भएको जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले श्रमिक खबरलाइ जानकारी दिनु भएको छ ।

त्यसैगरी जिफन्ट बागमती प्रदेश अन्तरगत मकवानपुरमा श्रमिक र्याली सहित सभा, चितवन जिल्लामा श्रमिक सभा र दोलखामा रक्तदान कार्यक्रमको आयोजना गरी मे दिवस मनाएको छ ।

मे दिवस २०८३ को सन्दर्भमा जिफन्ट गण्डकी प्रदेश कमिटीद्वारा गण्डकी प्रदेश भौतिक पुर्वधार तथा यातायात मन्त्रि गोविन्द बहादुर नेपालीको प्रमुख अतिथ्यतामा पोखरामा श्रमिक सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ भने, स्याङ्जा जिल्लाको पुतलीबजारमा र म्याग्दी जिल्लाको बेनीमा पनि श्रमिक सभाको आयोजना गरी मे दिवस २०८३ मनाएको छ ।

त्यसैगरी जिफन्ट लुम्बिनी प्रदेश कमिटीले रूपन्देही जिल्लाको बुटवलमा, बर्दिया जिल्लाको बासगढ़ीमा, बाके जिल्लाको क़ोहलपुरमा र पारासी जिल्लाको सरावलमा श्रमिक र्याली र सभा गरी मे दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।
जिफन्ट कर्णाली प्रदेश कमिटीले सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा र सुदुरपस्चिम प्रदेशले कैलाली जिल्लाको धनगढी र कंचनपुर जिल्लाको भिमदत्तनगरमा श्रमिक र्याली र सभाको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मे डे २०८३ मनाएको छ ।
