????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाट अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सम्मेलनमा भागलिन जान लाग्नु भएका प्रतिनिधिहरूलाइ जेठ २२ गते जिफन्ट केन्द्रीय कार्यालले शुभयात्रा कार्यक्रम आयोजनामा गरेको छ ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले अन्तरराष्ट्रिय श्रम सम्मेलनमा जिफन्टले खेल्ने भुमिकाबारे प्रकाश पार्नु हुंदै बर्तमान सरकारीले अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथिको हस्तक्षेप बिरूद्ध अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने बताउनु भएको छ ।
आईएलओका १८७ सदस्य राष्ट्रका श्रमिक, रोजगारदाता तथा सरकारी प्रतिनिधिहरू सहभागी रहने सम्मेलनमा नेपालबाट श्रमिक समूहको प्रतिनिधित्व गर्दै जिफन्ट तथा जेटियुसिसिका अध्यक्ष बिनोद श्रेष्ठले सम्बोधन गर्ने सम्मेलनमा जिफन्टबाट संरक्षक बिष्णु रिमाल, महासचिब लक्ष्मण शर्मा, सचिब स्मृती लामापनि सहभागी हुने छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समुह (नारी) लेबनानको केन्द्रिय सदस्य सरू गुरूङको सव जेठ २९ गते पशुपतीमा अन्त्यष्टी गरेको छ ।
सन २०१४ देखी निरन्तर लेबनानमा जिफन्ट सहयोग समुह लेबनान रही काम गर्दै आउनु भएका गुरूङको गत जेठ १४ गते लेबनानमा निधन भएको थियो ।

जिफन्टले जेठ २९ गते निधन गुरूङको सव नेपाल ल्याइ पशुपतीमा दाहासंस्कार गर्नु पुर्ब आयोजित संक्षिप्त श्रद्धाञ्जली कार्यक्रममा जिफन्ट उपाध्यक्ष सिता लामाले जिफन्टको झण्डा अडाइ श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो ।
बिगत १७ वर्षदेखी निरन्तर लेबनानमा काम गर्दै आउनु भएकी गुरूङ केहि समय देखी निमोनियाको बिरामी भइ लेबनान मै उपचार गराइ रहनु भएको थियो । गुरूङको १ छोरा र १ छोरी रहेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले असार २९ गते आवध्द युनियनका नेताहरू बिच कार्यालय ब्यवस्थापन सम्बन्धी छलफल तथा बिदेशिक कार्यक्रममा सहभागीहरू बिच अनुभब आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्नु हुंदै कार्यालयलाइ ब्यवस्थीत संचालनकालागी जिफन्ट र आवद्ध युनियनको कार्यालय बिचको समन्वयकालागी निरन्तर छलफल आवश्यक पर्ने बताउनु हुंदै बैदेशीक कार्यक्रममा सहभागीहरूको अनुभव तथा सिकाइलाइ एक आपसमा बांडन सके नेपालको ट्रेड युनियन आन्दोलनलाइ फाइदा पुग्ने बताउनु भयो ।
कार्यालय ब्यवस्थापन सम्बन्धी छलफल कार्यक्रमम केन्द्रीय कार्यालयको पहिलो तल्लाको युनियनहरूको तर्फबाट भिमज्वाला राइले र दोस्रो तल्लाको युनियनहरूको तर्फबाट ज्ञानुमाया क्षेत्रीले बिचार राख्नु भएको थियो ।
त्यसैगरी युनिट्राभ अध्यक्ष सुमन पराजुलीले गत जुन २३ र २४ तारीकमा International Transport Workers' Federation ITF को लण्डनमा सम्पन्न कार्यक्रम र जिफन्ट बिदेश बिभाग सचिब स्मृति लामाले १ देखी ३ जुलाइ मा फिलिपिन्सको मनिलामा FES को आयोजनामा लैङ्गिक न्यायोचित शासन बिषयमा एसिया प्रसान्त स्तरीय संवाद कार्यक्रममा सहभागि हुंदाको अनुभब राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राईडर्स युनियन नेपाल (रन) को तेस्रो स्थापना दिवसको सन्दर्भमा साउन २२ गते जिफन्ट सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै प्रविधिको तीव्र विकाससँगै डिजिटल प्लेटफर्ममा आबद्ध श्रमिकहरूलाई संगठित गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष श्रेष्ठले राइड सेयरिङ, फुड डेलिभरी, अनलाइन सेवा, फ्रिलाईन्सर, ई–कमर्स, लगायतका क्षेत्रमा कार्यरत श्रमिकलाई डिजिटल माध्यम मार्फत संगठित गर्ने अभियानलाई बिस्तार गर्नु पर्ने बताउनु हुंदै गत जुनमा सम्पन्न ११४औँ अन्तरर्राष्ट्रिय श्रम सम्मेलनबाट प्लेटफर्म अर्थतन्त्रमा हुने काम सम्बन्धी अन्तर्राष्ट्रिय श्रम मापदण्ड तय गर्ने ऐतिहासिक निर्णय गरेको बताउदै अब नेपालमा प्लेटफर्म श्रमिकहरूकालागी कानुन निर्माणकालागी दवाब सिर्जना गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा राईडर्स युनियन नेपालका केन्द्रीय अध्यक्ष माधव पाण्डेले संगठनको इतिहास छोटो भए पनि श्रमिक वर्गबीचको एकता र सहकार्यले संगठन विस्तार, सुदृढीकरण र श्रमिक अधिकारको संरक्षणका लागि अझ सशक्त रूपमा अघि बढ्ने होसल्ला मिलेको बताउनु भयो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राईडर्स युनियन नेपालका उपाध्यक्ष वंशी भट्टराईले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव सुदीप विकले गर्नु भएको थियो ।