??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

श्रमिक अधिकारमाथि हस्तक्षेप भए कडा प्रतिवादःजिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन आन्दोलन कुनै दलगत विषय नभई ट्रेड युनियन ऐन तथा संविधान प्रदत्त अधिकार भएको भन्दै श्रमिक अधिकारमाथि हस्तक्षेप भए कडा प्रतिवाद गर्न तयार रहन आह्वान गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले जिफन्ट आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन तिलगंगा आँखा प्रतिष्ठानको जेठ ९ गते पाँचौँ अधिवेशन उद्धधाटन गर्नु हुंदै वर्गीय आन्दोलन अविछिन्न रहने भन्नु हुंदै बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्न सबै श्रमिक एकताबद्ध हुनुपर्ने बताउनु भएको हो ।

तिलगंगा प्रतिष्ठानले राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय स्तरको ट्रेड युनियनआन्दोलनको नेतृत्व गर्न सक्ने क्षमता बिकास गरेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अझ प्रभावशाली नेतृत्व निर्माणकालागी पाँचौँ अधिवेशनले मद्धत गर्ने बिश्वास सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशन उद्धघाटन समारोहमा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, युनियन केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र सिंह ठकुरीले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।

कमिटीका संयोजक रबिन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहको संचालन राजु श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य अनुपा अर्यालले गर्नुभएको थियो ।

त्यसैगरी  अधिवेशनले नारायण बहादुर कार्किको अध्यक्षतामा १५ सदस्य कमिटी निर्वाचित गरेको छ ।

 

कार्यालय ब्यवस्थापन बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय कार्यालयको आयोजनामा जेठ १० गते जिफन्ट सभाहलमा आवद्ध युनियनहरूको कार्यालय ब्यवस्थापन सम्बन्धि बैठक सम्पन्न गरेको छ ।

जिफन्ट आवद्ध युनियनका नेताहरूको सहभागितामा भएको बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट स्थापनाकाल देखी हाल सम्म जिफन्ट र आवद्ध युनियनहरूको कार्यालय ब्यवस्थापन र संचालनको बिधीहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।  

अध्यक्ष बिनोद श्रेष्ठले गत भाद्र २३–२४ गतेको जन्जी आन्दोलनमा अराजक समुहले जिफन्ट र आवद्ध युनियनहरूको कार्यालय तोडफोड गरे पछी जिफन्टले हामी बनाउछैं हाम्रो जिफन्ट अभियान सन्चालन गरी आधुनिक कार्यालय निर्माण गरेको बताउनु भएको बैठकमा सहभागि युनियनका नेताहरूले पनि कार्यालय ब्यवस्थापन सम्बन्धी आ–आफ्ना धारणा राख्नु भएको थियो ।
 

बैदेशीक कार्यक्रममा सहभागी युवाहरू बिच अनुभब आदान प्रदान सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा बैदेशीक कार्यक्रममा सहभागी युवाहरूको अनुभब आदान प्रदान कार्यक्रम जेठ १२ गते जिफन्ट स्कुल अनामनगरमा सम्पन्न भयो । 

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नु भएको कार्यक्रममा बिराज राना, बिके श्रेष्ठ, बिश्वराज बजगाइ, अनिल कुमार सिंह, केशब अधिकारी, दुर्गा भुजेल, ममता श्रेष्ठ, सबिता बस्नेत, ले आफु सहभागी भएको कार्यक्रमको अनुभव राख्नु भएको थियो । 

कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सीता लामा, महासचिब लक्ष्मण शर्मा, उपमहासचिब नरनाथ लुइटेल, सचिब स्मृती लामाले सहभागिहरूले राख्नु भएको अनुभबलाइ जिफन्टको काममा कसरी सम्पादन गर्न सकिन्छ भन्ने बारेमा बिचार राख्नु भएको थियो । 
 

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा जानुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195049716435116&type=3

वर्तमान सरकार लोकप्रियतावादमा लागेर स्टन्ट गरिरहेको छः अध्यक्ष श्रेष्ठ

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन खारेजी र श्रमिकहरूको अधिकार खोस्ने गरी चालिएका कदम विरुद्ध कडा आपत्ति जनाउदै वर्तमान सरकारले चालेका कदमहरू पूर्ण रूपमा गैरसंवैधानिक, गैर-मानवअधिकार र श्रमजीवी वर्गलाई सिध्याउने नियतमा आधारित रहेको बताउनु भएको छ।

अध्यक्ष श्रेष्ठले १५ गते लेबर टेलिभिजनलाइ अन्तर्वार्ता दिनु हुंदै ट्रेड युनियनहरू कुनै दलको विधानबाट संचालन हुने नभई देशको संविधान र ट्रेड युनियन ऐन अन्तर्गत वैधानिक रूपमा दर्ता भएकाले ट्रेड युनियनहरू दलगत हुने सरकारको आरोप गलत भएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले वर्तमान सरकार लोकप्रियतावाद (पपुलिजम) मा लागेर स्टन्ट गरिरहेको र सामाजिक सुरक्षा कोष, श्रम सल्लाहकार परिषद्  तथा वैदेशिक रोजगार बोर्ड  जस्ता त्रिपक्षीय निकायहरूबाट ट्रेड युनियन र रोजगारदाताको संस्थागत प्रतिनिधित्व हटाएर त्रिपक्षीयताको मर्ममाथि नै प्रहार गरेको बताउनु हुंदै यो कदम केवल श्रमिकको अधिकार खोस्ने मात्र नभई समग्र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामाथिकै ठुलो प्रहार भएको बताउनु हुंदै यस्का बिरूद्ध ट्रेड युनियनहरु चुप लागेर बताउनु भएको छ । 
 

https://www.youtube.com/watch?v=tXUZ73JovvQ

आईएलओको ११४औँ सम्मेलन जेनेभामा सुरु

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सम्मेलन जेठ १८ गते अर्थात जुन १ देखि स्वीजरल्याण्डको जेनेभामा सुरु भएकोछ । 

आईएलओका १८७ सदस्य राष्ट्रका श्रमिक, रोजगारदाता तथा सरकारी प्रतिनिधिहरू सहभागी  रहने सम्मेलनमा नेपालबाट श्रमिक समूहको प्रतिनिधित्व गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तथा संयुक्त ट्रेड युनिनयन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष बिनोद श्रेष्ठ सहभागि हुनेछ। 

जुन १२ तारिखसम्म आयोजना हुने सम्मेलनमा जिफन्टबाट संरक्षक बिष्णु रिमाल, महासचिब लक्ष्मण शर्मा, सचिब स्मृती लामा, नेपाल ट्रेड युनियन कांग्रेसबाट, अध्यक्ष योगेन्द्र कुंवर, अखिल नेपाल ट्रेड युनियन महासंघबाट अध्यक्ष जगत सिम्खडा र जेटियुसिसि महासचिब नवराज दाहालले पनि सम्मेलनमा भाग लिनु हुने छ ।

सम्मेलनमा जिफन्ट तथा जेटियुसिसि का अध्यक्ष बिनोद श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेकोछ। त्यसैगरी यो वर्षको सम्मेलनमा गीग तथा प्लाटफर्म श्रमिकहरुको अधिकार संरक्षणको लागि महासन्धी जारी गर्ने, तथा लैंगिक समानता र सामाजिक संवाद र त्रिपक्षीयता सम्बन्धमा दस्तावेजहरुको समीक्षा गर्नेछ।

 

विश्वभर लोकतान्त्रिक मूल्य र सिद्धान्तहरू कमजोर बन्दै

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) Global Rights Index 2026 ले संसारभर श्रमिक अधिकार र लोकतन्त्रमाथि गम्भीर आक्रमण भइरहेको जनाएको छ । 

श्रमिक अधिकार उल्लंघनसम्बन्धी वार्षिक सर्वेक्षण सार्वजनिक गरेको ग्लोबल राइट्स इन्डेक्स २०२६को प्रतिवेदनले श्रमिक आन्दोलनले सामना गरिरहेका चुनौतीहरू झन् गहिरिँदै गएको देखाएको हो।

प्रतिवेदन अनुसार धनी र शक्तिशाली वर्गले राजनीतिक नेतृत्वसँग मिलेर शक्ति र सम्पत्ति समित व्यक्तिको हातमा केन्द्रित गरिरहेको र विश्वभर लोकतान्त्रिक मूल्य र सिद्धान्तहरू कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै यस अवस्थालाई “लोकतन्त्रमाथि बिलियनेयरहरूको कू” भनेको छ। 


 https://www.ituc-csi.org/global-rights-index