नेकपा एमाले काठमाण्डौ निर्वाचन क्षेत्र न १० द्वारा बैशाख १२ गते ट्रेड युनियन र पार्टी बिचको कामको समन्वय र मे दिवस २०८३ को संदर्भमा छलफल अयोजना गर्यो ।
छलफलमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र श्रमिक संगठन र पार्टिको सम्बन्ध माछा र पानीको सम्बन्ध जस्तो हुनु पर्ने बताउनु हुदै श्रमिक संगठनका सबै सदस्य पार्टि सदस्य नहुन सक्छ तर ति श्रमिक संगठनका सदस्यहरूलाइ पार्टीमा आकर्षित गर्न पार्टीले श्रमिकका मुदाहरूलाइ आत्मासाथ गर्नु पर्ने बताउनु भयो
अध्यक्ष श्रेष्ठले बर्तमान सरकारले श्रमिकहरूको संगठन स्वतन्त्रता र सामूहिक सौदाबाजी गर्ने अधिकार माथी धावा बोलेको भन्नु हुंदै श्रमिकहरूको संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरू बिरूद्ध गर्ने कामको खवरदारीको रूपमा जिफन्टले यस वर्षको मे दिवस मनाउने जानकारी दिनु हुंदै काठमाडो निर्वाचन क्षेत्र न १०बाट पनि सहभागिताकालागी योजना बनाउन अग्रह गर्नु भएको थियो ।
छलफलमा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब महेन्द्रलाल श्रेष्ठ, नेकपा एमाले प्रदेश तथा पालिका नेताहरूले जिफन्ट र नेकपा एमाले स्थानिय कमिटी बिचको समन्वय र मे दिवस भब्य रूपमा मनाउने बारे बिचार ब्यक्त गर्नु भएको थियो ।