नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय महिला कमिटी सचिव धुर्पादेवी राईको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
टाउकोमा रगत जमेको कारण बिराटनगरस्थित आर ए न्यूरो हस्पिटल कञ्नचनबारीमा अप्रेशन गर्नु भएकी राईलाई जिफन्ट ऐक्यबद्धता कोषबाट २५ हजार रूपैयाँ र क्युपेक-नेपालको तर्फबाट नगद रू १६ हजार १ सय रूपैयाँ राईकी छोरी लक्ष्मी रानालाई जिफन्ट उपमहासचिव नरनाथ लुईटेल र कोशी प्रदेश अध्यक्ष किशोर धमलाले कार्तिक ८ गते हस्पिटल पुगी हस्तान्तरण गरेको हो ।
