जिफन्टले लोकतन्त्रको प्रतिरक्षाका लागि डटेर सामना गर्दै आएको छः जिफन्ट अध्यक्ष श्रेष्ठ

पब्लीक सर्भिस इन्टरनेशनल (पिएआइ) नेपाल आवद्ध कमिटीको कात्तिक २३ गते काठमाण्डौमा सम्पन्न चौथो साधारण सभाले उत्तम कुमार कटुवालको अध्यक्षतामा सात सदस्यीय कमिटि चयन गरेको छ । 

साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले भाद्र २३ र २४ को आन्दोलन पस्तात श्रमक्षेत्र पनि प्रभावित भएको भन्दै  आन्दोलनको नाममा अराजक समुहले गरेको तोडफोड तथा आगजनीका कारण हजारौं श्रमिकहरू बेरोजगार भएको बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले लोकतन्त्रलाइ जोगाउन सके मात्र श्रमिक आन्दोलन पनि रहने भएको हुनाले  जिफन्टले लोकतन्त्रको प्रतिरक्षाका लागि डटेर सामना गर्दै आएको बताउनु भयो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस (एन्टियुसि) अध्यक्ष योगेन्द्र कुवर , जिफन्ट नेभा अध्यक्ष गीता थिङ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।