राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल ब्युटीपार्लर तथा सौन्दर्य क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन हो । देशका शहरी क्षेत्रमा यस्तो व्यवसाय निकै फष्टाउँदै गएको कारणले यस क्षेत्रमा श्रमिकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । यसमा पनि अरु युनियन जस्तै स्वरोजगार र ज्यालाजीवी दुवै प्रकृतिका श्रमिकहरू रहेका छन् । यो असङ्गठित क्षेत्रको युनियनको रूपमा रहको छ । यसको विधिवत स्थापना पछि श्रम विभागमा २०६५ असार ३१ गते २३२ नं. मा दर्ता भएको हो । यस युनियनमा हालसम्म महिला सदस्यहरू मात्र रहेका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटिले भदौ ९ गते विराटनगरमा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
भली सुब्बाको अध्यक्षता, जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नाबुन केन्द्रीय सचिबालय सदस्य ममता प्रधान लगाएतका केन्द्रीय तथा प्रदेश स्तरीय नेताहरू अतिथी रहनु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को संगठन सुदृढीकरण अभियान अन्तरगत ललितपुरको टंगालमा भदौ ११ गते सम्पन्न भएको भेलाले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्यीय इकाइ कमिटि गठन गरेको छ ।
पुनम थापाको अध्यक्षता र महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा प्रमुख अतिथी जोशीले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले काठमाडौँ उपत्यकामा रहेका कमिटीहरूको संयुक्त आयोजनामा भदौ १२ गते हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
प्रमुख अतिथी केन्द्रीय सचिव सुजना जोशीले शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन ललितपुर महानगर कमिटी अध्यक्ष जयन्ती रानामगर र स्वागत काठमाडौँ महानगर अध्यक्ष करूणा पुरी गर्नु भएको थियो ।
कार्यक्रममा लोकदोहोरी गायिका अन्जु गौतमले तिज गीतहरू प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) उपमहानगरपालिका इटहरीको आयोजनामा भदौ १२ गते हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नाबुन सचिवालय सदस्य ममता प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता सृजना बस्नेतले गर्नु भएको थियो ।

त्यसैगरी नाबुन बिर्तामोड नगर कमिटीको आयोजनामा भाद्र १४ गते जिफन्ट उपाध्यक्ष बिदुर कार्किको प्रमुख आतिथ्यमा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष बिदुर कार्किले, जिफन्ट देशव्यापी सशक्त महिला सम्बद्ध नेपाल भन्ने अभियान लिएर अगाडि बढी रहेको भन्नु हुँदै सवै खाले श्रमजीवी वर्ग संगठित भए मात्र ऐन कानुन कार्यन्वयन हुने र सवै खाले समस्याबाट मुक्त हुन सकिने बताउँदै पेशा अनुसारको यूनियनममा आबद्ध हुन आव्हान गर्नु भयो ।
शुभकामना कार्यक्रममा बिर्तामोड नगर उप प्रमुख नगेन्द्र संग्रौला, चिया कफि श्रमिक युनियन अध्यक्ष शन्तकुमार राई, नाबुन केन्द्रीय सदस्य धनु कन्दङ्वा, र सञ्चारकर्मी भिमा सिवाकोटी लगायतले हरितालिका तीजको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटीले ६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भमा विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ भाद्र २९ गते बाल दिवस मनाएको छ।
नाबुन केन्द्रिय सचिवालय सदस्य ममता प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री, बालबालिकाहरूको हेयर कटिङ, नेल कटिङ, खाद्य सामाग्री वितरण गरेको हो ।
अध्यक्ष सुब्बाले कार्यक्रममा बोल्दै यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सिप सिक्ने चाहेमा नाबुन महानगर कमिटीले ब्यूटिसियन सम्बन्धी तालिम निःशुल्क दिने प्रतिबद्धता जनाउनु भयो ।
नाबुन विराटनगर महानगर कमिटी सचिव बसन्ती गुरूङले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट महिला कमिटीकी सचिव सायदा तवसुम, नाबुनकोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल, सदस्य चन्द्रा घिमिरे र गंगा तामाङ्ग लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको आयोजनामा “नेतृत्व तथा विकास तालिम भदौ ३१ गते सुन्दरहरैचामा सम्पन्न गरेको छ ।
उपमहानगर कमिटी अध्यक्ष सृजना बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेतृत्व विकास र ट्रेड युनियनको आधारभूत ज्ञान सम्बन्धी प्रशिक्षण जिफन्ट कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमलाले दिनु भएको थियो भने प्रदेश कमिटी उपसचिव हरी अधिकारी सामाजिक सञ्जालको प्रयोग र संगठनले गरेका कामहरूको समाचार सम्प्रेशनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा जिफन्ट कोशी प्रदेश महिला कमिटी अध्यक्ष डोमा राई, जिफन्ट सुनसरी जिल्ला संयोजक हरी राई, राष्ट्रिय सौन्दर्यकर्मी युनियन केन्द्रिय सदस्य गंगा तामाङ लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।