राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटीले ६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भमा विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ भाद्र २९ गते बाल दिवस मनाएको छ।
नाबुन केन्द्रिय सचिवालय सदस्य ममता प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री, बालबालिकाहरूको हेयर कटिङ, नेल कटिङ, खाद्य सामाग्री वितरण गरेको हो ।
अध्यक्ष सुब्बाले कार्यक्रममा बोल्दै यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सिप सिक्ने चाहेमा नाबुन महानगर कमिटीले ब्यूटिसियन सम्बन्धी तालिम निःशुल्क दिने प्रतिबद्धता जनाउनु भयो ।
नाबुन विराटनगर महानगर कमिटी सचिव बसन्ती गुरूङले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट महिला कमिटीकी सचिव सायदा तवसुम, नाबुनकोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल, सदस्य चन्द्रा घिमिरे र गंगा तामाङ्ग लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।