राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल ब्युटीपार्लर तथा सौन्दर्य क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन हो । देशका शहरी क्षेत्रमा यस्तो व्यवसाय निकै फष्टाउँदै गएको कारणले यस क्षेत्रमा श्रमिकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । यसमा पनि अरु युनियन जस्तै स्वरोजगार र ज्यालाजीवी दुवै प्रकृतिका श्रमिकहरू रहेका छन् । यो असङ्गठित क्षेत्रको युनियनको रूपमा रहको छ । यसको विधिवत स्थापना पछि श्रम विभागमा २०६५ असार ३१ गते २३२ नं. मा दर्ता भएको हो । यस युनियनमा हालसम्म महिला सदस्यहरू मात्र रहेका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुनको कास्की जिल्लाको बगर इकाई कमिटिको असार २६ गते सम्पन्न छैटौं अधिबेशनले अनिता खत्रीको अध्यक्षतामा ११ जनाको इकाइ कमिटी निर्वाचित गरेको छ ।
सुरक्षित र मर्यादित रोजगार, सौन्दर्यकर्मीहरुको अधिकार नाराका साथ कल्पना रानाको अध्यक्षतामा जिफन्ट संसदीय तथा स्थानिय तहका संयोजक मिना गुरूङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनमा नाबुन केन्द्रिय सदस्य नुर गुरुङ, जिफन्ट गण्डकी प्रदेश महिला कमिटी उपाध्यक्ष दुर्गा केसि लगाएतका अतिथीहरूको सहभागिता रहेको थियो ।
जिफन्ट आबध्द– राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) द्वारा आयोजित उदघोषण, वक्तृत्वकला तथा जलवायु संकट र न्यायिक रूपान्तरण सम्बन्धि सचेतना प्रशिक्षण साउन १४ गते सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिन उपाध्यक्ष बिदुर कार्की र केशबराज बिष्टले प्रशिक्षण दिनु भएको थियो ।

प्रचार विभाग प्रमुख तथा उपाध्यक्ष जितेन्द्र श्रेष्ठले सञ्चारसिप, श्रमिक खबरका समाचार सम्पादक अमरध्वज लामाले वकृत्वकला विषयमा प्रशिक्षण दिनु भएको थियो ।
त्यसै गरी कार्यक्रममा प्रेम प्रेम प्रधान र सुजना जोशीले जलवायु परिवर्तनको अवधारणा जलवायु परिवर्तनका असरहरूका बारेमा प्रशिक्षण दिनु भएको थियो
कार्यक्रम समापनमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले प्रशिक्षणमा सहभागिहरूलाइ सहभागिताको प्रमाण पत्र वितरण गर्नु हुदै संगठन निर्माणका लागि यस प्रशिक्षण कार्यक्रमबाट मध्दत मिल्ने बताउनु हुदै सहभागिहरूलाइ शुभकामना दिनु भयो ।
थप फोटाकोलागि तलको लिंकमा क्लिक गर्नु होला ।
https://www.facebook.com/media/set/?set=a.122102856530435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) सम्बध्द युनियन राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन मकवानपुर जिल्ला भेलाले जिल्ला कमिटी पुर्नगठन भएको छ।
नाबुन केन्द्रिय सचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा साउन १९ गते हेटोडामा सम्पन्न भेलाले करूणा अधिकारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
त्यसैगरी सोहि दिन हेटौड़ा उपमहानगर कमिटी पनि सम्झना सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कमिटी पुनर गठन गरेको छ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अमरसिंह इकाई कमिटी (पोखरा)को तेर्हौ वार्षिक भेला तथा सातौँ अधिवेशन सुरक्षित र मर्यादित रोजगार, सौन्दर्यकर्मीहरूको अधिकार भन्ने मूल नाराका साथ साउन १८ गते पोखराको बुद्ध चोकमा सम्पन्न भयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट संसदीय तथा स्थानीय तहका संयोजक मिना गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो सातौँ अधिवेशनले टिका आलेको अध्यक्षतामा ११ जनाको कमिटी निर्वाचित गरेको छ ।
दिपु थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन प्रतिनिधि परिषद् प्रमुख सुमन गुरुङ, जिफन्ट गण्डकी उप सचिव तथा महिला कमिटी अध्यक्ष संगिता पाण्डे नाबुन केन्द्रीय सदस्य नुर गुरुङ अतिथि रहनु भएको थियो ।
राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को संगठन सुदृढीकरण अभियान अन्तर्गत मकवानपुर जिल्लाको बज्रबाराही नगरपालीकामा सौन्दर्यकर्मीहरूको भेला भाद्र १ गते सम्पन्न भएको छ ।
नाबुन मकवानपुर अध्यक्ष करूणा अधिकारीको अध्यक्षतामा सम्पन्न सो भेलाले प्रिया बिडारीको अध्यक्षतामा १० सदस्यीय पालिका कमिटी पुर्नगठन गरेको छ ।
नाबुन बागमती प्रदेश सहसचिव पुजा बस्नेत लामाको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा प्रदेश सदस्य सबिना बानियां, मकवानपुर निवर्तमान अध्यक्ष सजिता केसी अतिथी रहनु भएको थियो।
त्यसैगरी नाबुन देबदह नगरकमिटीको आयोजनामा भाद्र १ गते जस्मिन गुरुङको अध्यक्षतामा नाबुन सदस्यहरूलाई १ दिने दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय सोन्दर्यकर्मी युनियन नेपाल (नावुन)को अयोजनामा विर्तामोड नगर कमिटीका पदाधिकारीहरुलाई २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
भदौ १ र २ गते बिर्तामोडमा संचारकर्मी भिमा सिवाकोटीले प्रशिक्षण दिनु भएको सो तालिम कार्यक्रमको संचालन नावुन केन्द्रिय सचिवालय सदस्य धनु कन्ङवाले गर्नु भएको थियो ।