नाबुन टंगाल इकाइ अध्यक्षमा सरिता ताम्राकार

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को संगठन सुदृढीकरण अभियान अन्तरगत ललितपुरको टंगालमा भदौ ११ गते सम्पन्न भएको भेलाले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्यीय इकाइ कमिटि गठन गरेको छ । 

पुनम थापाको अध्यक्षता र महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा प्रमुख अतिथी जोशीले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको थियो ।