राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) उपमहानगरपालिका इटहरीको आयोजनामा भदौ १२ गते हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नाबुन सचिवालय सदस्य ममता प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता सृजना बस्नेतले गर्नु भएको थियो ।

त्यसैगरी नाबुन बिर्तामोड नगर कमिटीको आयोजनामा भाद्र १४ गते जिफन्ट उपाध्यक्ष बिदुर कार्किको प्रमुख आतिथ्यमा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष बिदुर कार्किले, जिफन्ट देशव्यापी सशक्त महिला सम्बद्ध नेपाल भन्ने अभियान लिएर अगाडि बढी रहेको भन्नु हुँदै सवै खाले श्रमजीवी वर्ग संगठित भए मात्र ऐन कानुन कार्यन्वयन हुने र सवै खाले समस्याबाट मुक्त हुन सकिने बताउँदै पेशा अनुसारको यूनियनममा आबद्ध हुन आव्हान गर्नु भयो ।
शुभकामना कार्यक्रममा बिर्तामोड नगर उप प्रमुख नगेन्द्र संग्रौला, चिया कफि श्रमिक युनियन अध्यक्ष शन्तकुमार राई, नाबुन केन्द्रीय सदस्य धनु कन्दङ्वा, र सञ्चारकर्मी भिमा सिवाकोटी लगायतले हरितालिका तीजको शुभकामना मन्तब्य राख्नु भएको थियो ।