नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो ।
यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।
कामको शिलसिलामा बाग्लुङमा दुर्घटना परि घाइते भएका उदयपुर कटारीका असिम राउतलाई क्युपेक नेपालले उदयपुर जिल्ला कमिटिको बैठकमा उपचार खर्च प्रदान गरेको छ ।
महासचिब राजेन्द्र बिष्ट सहभागि रहनु भएको सो बैठकले आगमी कामको योजना साथै सदस्यता बिस्तार गर्न महत्वपूर्ण योगदान गर्ने कटारी नगर कमिटीका अध्यक्ष सन्त बहादुर तामाङलाइ सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
सर्लाहीको सागरनाथ वन विकास परियोजनाले त्यहाँ कार्यरत श्रमिकहरूको बाँकी तलब भुक्तानी गर्ने सम्बन्धमा कार्ययोजना बनाउन कमिटि गठन गरेको छ ।
श्रमिकहरूलाई श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ अनुसारको सुविधाहरू र तलब भुक्तान गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी भैसकेको परिप्रेक्षमा सोही अनुसारको कार्ययोजना पेश गर्न बैठकले कमिटिलाई निर्देशन दिएको जनाइएको छ ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल हेटौंडा उपमहानगर पालिका वडा नं ७ मा भाद्र १० गते सम्पन्न निर्माण श्रमिकहरूको भेलाले कमल चौहान को अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ ।
क्युपेक नेपाल मकवानपुर जिल्ला सल्लाहकार देवि प्रसाद दहालको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा नगर अध्यक्ष खडग बहादुर गोले, सचिव पुर्ण बहादुर बराल र कोषाध्यक्ष बिजय घिसिङ लगाएतका अतिथीहरूको सहभागीता रहेको थियो ।
त्यसैगरी क्युपेक नेपालको बुढानिलकण्ठ १३ न वडाको भाद्र १० गते सम्पन्न तेस्रो अधिबेशनले बिनोद श्रेष्ठको अध्यक्षतामा वडा कमिटी निर्वाचित गरेको छ ।
क्यूपेक काठमाण्डौ जिल्ला अध्यक्ष टेक बहादुर कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा जिल्ला सदस्य सरू महर्जन, जिफन्ट पालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, क्यूपेक पालिका अध्यक्ष रूद्र श्रेष्ठ लगाएतका क्यूपेक नेताहरूको अतिथी रहनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) नमोबुद्ध नगर पालिका, ६ न वडाको चरङ्गे फेदीमा भाद्र १५ गते सम्पन्न भेलाले यदुकुमार श्रेष्ठको अध्यक्षतामा सात जनाको वडा कमिटी गठन गरेको छ ।
क्युपेक नेपाल केन्द्रिय सदस्य धर्ममाया घिमिरेको प्रमुख अथित्यमा सम्पन्न सो भेलामा जिफन्ट बागमति प्रदेश सदस्य तथा काभ्रे जिल्ला समन्वय कमिटी अध्यक्ष बल बहादुर लो, उपाध्यक्ष सोम बहादुर कार्कि कोषाध्यक्ष कमला तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी क्युपेक नेपाल महासचिब राजेन्द्र बिष्टको प्रमुख आतिथ्यमा, हेटैडा नगर कमिटिले भाद्र १६ गते पिप्ले पोखरा सामुदायिक बनको सभा हलमा तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) मेची नगर कमिटीको भदौ २२ गते काँकडभिट्टामा सम्पन्न तेस्रो अधिवेशनले विश्वनाथ राजवंशीको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार कमिटी सहित १३ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
क्युपेक उपाध्यक्ष अम्बिर कुमार लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्यहरू देवकुमार राई, दुर्गादेवी गुरागाई, जिफण्ट कोशी प्रदेश कमिटी सदस्य तथा झापा संयोजक खेमराज पोख्रेल लगायतका नेताहरू सहभागी रहनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) दोलखा जिल्लाको भदौ १८ गते सम्पन्न महिला सम्मेलनले सिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय क्युपेक नेपाल जिल्ला महिला कमिटी गठन गरेको छ ।
नेकपा एमालेको चरिकोटस्थित जिल्ला कार्यालयको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले नवगठीत महिला कमिटीलाइ कार्यकाल सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूको अधिकारकालागी नेकपा एमाले सधैँ जिफन्टको साथ रहेको बताउनु भयो ।
सम्मेलनमा बागमती प्रदेश सभा सदस्य माननीय भरत बहादुर केसी, अखिल नेपाल महिला संघ दोलखा जिल्ला अध्यक्ष मेनुका सुवेदी, नेकपा एमाले दोलखा जिल्ला सदस्य शक्ति पाठक लगायतले नवगठीत महिला कमिटीलाइ शुभकामना मन्तब्य राख्नु भएको थियो ।
क्यूपेक नेपाल जिल्ला अध्यक्ष दानबहादुर बिमलीले नवगठीत कमिटीलार्इ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको सो कार्यक्रममा हरितालिका तीज पर्वको शुभकामना आदान प्रदान समेत गरेका थिए ।