क्युपेक नमोबुद्ध ६ न वडाको अध्यक्षमा यदुकुमार श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन  नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) नमोबुद्ध नगर पालिका, ६ न वडाको चरङ्गे फेदीमा भाद्र १५ गते सम्पन्न भेलाले यदुकुमार श्रेष्ठको अध्यक्षतामा सात जनाको वडा कमिटी गठन गरेको छ ।

क्युपेक नेपाल केन्द्रिय सदस्य धर्ममाया घिमिरेको प्रमुख अथित्यमा सम्पन्न सो भेलामा जिफन्ट बागमति प्रदेश सदस्य तथा काभ्रे जिल्ला समन्वय कमिटी अध्यक्ष बल बहादुर लो, उपाध्यक्ष सोम बहादुर कार्कि कोषाध्यक्ष कमला तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । 

त्यसैगरी क्युपेक नेपाल महासचिब राजेन्द्र बिष्टको प्रमुख आतिथ्यमा, हेटैडा नगर कमिटिले भाद्र १६ गते पिप्ले पोखरा सामुदायिक बनको सभा हलमा तिज विशेष कार्यक्रम आयोजना गरेको छ । 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम