सिता श्रेष्ठको अध्यक्षतामा क्यूपेक दोलखा महिला कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) दोलखा जिल्लाको भदौ १८ गते सम्पन्न महिला सम्मेलनले सिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय क्युपेक नेपाल जिल्ला महिला कमिटी गठन गरेको छ ।

नेकपा एमालेको चरिकोटस्थित जिल्ला कार्यालयको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले नवगठीत महिला कमिटीलाइ कार्यकाल सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूको अधिकारकालागी नेकपा एमाले सधैँ जिफन्टको साथ रहेको बताउनु भयो । 

सम्मेलनमा बागमती प्रदेश सभा सदस्य माननीय भरत बहादुर केसी, अखिल नेपाल महिला संघ दोलखा जिल्ला अध्यक्ष मेनुका सुवेदी, नेकपा एमाले दोलखा जिल्ला सदस्य शक्ति पाठक लगायतले नवगठीत महिला कमिटीलाइ शुभकामना मन्तब्य राख्नु भएको थियो ।


क्यूपेक नेपाल जिल्ला अध्यक्ष दानबहादुर बिमलीले नवगठीत  कमिटीलार्इ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको सो कार्यक्रममा हरितालिका तीज पर्वको शुभकामना आदान प्रदान समेत गरेका थिए । 
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम