क्युपेक मेची नगर कमिटीको अध्यक्षमा विश्वनाथ राजवंशी निर्वाचित

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) मेची नगर कमिटीको भदौ २२ गते  काँकडभिट्टामा सम्पन्न तेस्रो अधिवेशनले विश्वनाथ राजवंशीको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार कमिटी सहित १३ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।

क्युपेक उपाध्यक्ष अम्बिर कुमार लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा  केन्द्रीय सदस्यहरू देवकुमार राई, दुर्गादेवी गुरागाई, जिफण्ट कोशी प्रदेश कमिटी सदस्य तथा झापा संयोजक खेमराज पोख्रेल लगायतका नेताहरू सहभागी रहनु भएको थियो । 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम