नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो ।
यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक नेपाल) मकवानपुर जिल्ला शिक्षा विभागको आयोजनामा मकवानपुर गढी गांउपालिकामा भाद्र २७ गते १ दिने नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको ।
प्रशिक्षण कार्यक्रमका जिल्ला अध्यक्ष प्रल्हाद राईले जिफन्टको संरचना र सदस्यहरूको भुमिकाका बारेमा, जिल्ला सचिव बुद्ध बहादुर बि.कले कयूपेक नेपालको र्इतिहास र कार्यक्रमको बारेमा प्रशिक्षण दिनु भएको सो कार्यक्रमको संचालन पालिका सचिव अर्जुण प्रसाद घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले गढी पालिका कमिटि अध्यक्ष जित बहादुर घिमिरे लगाएतका अतिथीहरूको सहभागिता रहेको थियो ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) झापा जिल्ला कमिटीको ९ औँ अधिवेशन गंगा पासवनको अध्यक्षतामा असोज ५ गते सम्पन्न भयो ।
केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले निरानन्द गिरीको अध्यक्षतामा १७ सदस्य कमिटीको निर्वाचित गरेको छ ।
नेपाल चिया कफि श्रमिक युनियन केन्द्रीय अध्यक्ष सन्त कुमार रार्इ, क्युपेक उपाध्यक्ष अम्बीर लिङदेन, महासचिब राजेन्द्र बिष्ट, उपमहासचिव मुक्तिनाथ गिरी, जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव देवी भट्टराई, लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
जिल्ला कमिटी सचिव निरानन्द गिरीले संचालन, उपाध्यक्ष लक्ष्मी घिमिरेले स्वागत गर्नु भएको अधिवेशन उद्घाटन समारोहमा झापा जिल्लाका अग्रज क्युपेक नेपालका सदस्य रजवाला राजवंशी, रेणुका तामाङ र नर बहादुर भुजेललाई सम्मान पनि गरेको थियो ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) मनहरी गाउँ कमिटीले तिहार, नेपाल सम्वत ११४५, छठ पर्व लगायतका राष्ट्रिय पर्वहरूको अवसरमा कार्तिक ११ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननिय शुक माया तामाङले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सम्मान गर्नु पर्ने भन्नु हुँदै ती क्षेत्रमा काम गर्ने श्रमिकहरूको जिवन सुरक्षा योजनाकालागी प्रदेश सरकारमा छलफल गर्ने बताउनु भयो ।
नेपाल ट्रेड युनियन म महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर युनियन (क्यूपेक नेपाल) केन्द्रीय कमिटीको आयोजनामा कार्तिक २७ गते काठमाण्डौं को अनामनगर स्थित, जिफन्ट स्कुलमा पेन्टिङ पेशामा कार्यरत पेण्टर र बिजुली श्रमिकहरूको लिड चेक गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा : Samyak Diagnostic का डाक्टर विवेक पन्तले पेन्टिङ, तथा इलेक्ट्रिक पेशामा लामो समयदेखि काम गर्न श्रमिकहरूमा सुगर, प्रेसर जस्तै साइलेन्स डिजिज देखा पर्ने र यसले स्नायु प्रणालीमा ठुलो असर पार्ने हुनाले यसको उपचार समयमा नै रोकथाम गर्न सकिने भएको ले यसका लागि लिड परीक्षण आवश्यक भएको जानकारी गराउनु भयो ।
क्यूपेक नेपाल केन्द्रीय महासचिव राजेन्द्र बस्नेतले संचालन गर्नु भएको लिड परीक्षण कार्यक्रममा २३ जना श्रमिकहरूले परीक्षण " गर्नु भएको थियो ।
नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) कागेश्वरी नगरको मंसीर १५ गते सम्पन्न अधिवेशनले दिपक आचार्यको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्माको प्रमुख आतिथ्यमा अधिवेशनमा सम्पन्न भएको हो ।
नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आबद्ध क्यूपेक–नेपाल कास्की जिल्लाको मंसिर १८ गते सम्पन्न ११ औं अधिवेशनले तिर्थराज मगरको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।
क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा जिफन्ट प्रदेश अध्यक्ष रूद्र खत्री लगाएतका नेताहरूको उपस्थितिमा सम्पन्न सो अधिवेशनका प्रमुख अतिथि बस्नेतले अधिवेशन सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूको हक र हितकालागी बलियो संगठन निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाले वर्षौदेखिको संघर्षबाट प्राप्त गरेको योगदानमा आधारित सामाजिक सुरक्षालाइ प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अनौपचारीक श्रमिकहरूलाई स्थानिय तहमा सुचिकृत गर्नु पर्ने धारणा राख्नु भयो ।
अधिवेशन उद्घाटन अघि श्रमिक र्यालीले पोखरा नगरको परिक्रमा गरेको थियो ।