‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐच्छिक नभइ अनिवार्य हो’
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई कमिटीको मंसिर २५ गते सम्पन्न पाँचौँ अधिवेशनले दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
केन्द्रीय अध्यक्ष भीमज्वाला राईलेको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा ट्याक्सीमा छुटेका नगद र जिन्सी सामानहरु इमानदारीपूर्वक यात्रुलाई फिर्ता गर्ने ११ जना चालकहरुलाई सम्मान गरिएको थियो ।
दिलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्योधन बस्नेत र स्वागत मन्तव्य रामकृष्ण लामीछानेले गरेको थियो ।