नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट आबद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को प्रथम राष्ट्रिय प्रतिनधी परीषद बैठक माघ १९ गते मकवानपुर जिल्लाको हेटौंडामा सम्पन्न भयो ।
प्रतिनिधि परिषद् प्रमुख कृष्ण रिमालको अध्यक्षतामा सम्पन्न सो बैठकको प्रमुख अतिथि, जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उधोग क्षेत्रमा देखिएका समस्याहरूलाइ पहिचान गरी समस्या समाधान गर्न बैठक फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।
सङ्गठनका संस्थापक अध्यक्ष ललित बस्नेत, जिफन्ट महासचिव लक्ष्मण शर्मा, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको सो परीषद बैठकमा जिफन्ट उपाध्यक्ष मन्जु थापामगर, सचिव विजया खड्का लगायतका नेताहरूको उपस्थित रहेको थियो ।

ह्वीन महासचिव दीपक आचार्यले सञ्चालन गर्नु भएको सो परिषद् बैठकमा सहभागी अतिथि तथा प्रतिनिधिहरूलाई उपाध्यक्ष मनोज मगरले स्वागत गर्नु भएको थियो ।
बैठकमा वह्नि अध्यक्ष आनन्द थामीले साङ्गठनिक प्रतिवेदन र आगामी कार्य योजना, उपमहासचिव अर्जुन चौलागाईंले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।