एन्टारटिक बिस्कुट प्रा.लिको आन्दोलन परिचालन कमिटी गठन

हेटौंडा औद्योगिक क्षेत्रको एन्टारटिक बिस्कुट प्रा.लि. व्यवस्थापन पक्षले गैह्र कानुनी तरीकाले एकै पटक ९७ जना श्रमिकहरूलाई निस्कासन गरिएको विरुद्धमा फागुन १ देखि जारी आन्दोलनलाई  सशक्त बनाउने भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश र समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को फागुण ४ गते हेटौंडा स्थित जिफन्ट प्रदेश कार्यालयमा बसेको संयुक्त बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ६ गते पत्रकार सम्मेलन र ७ गते हेटौडामा व्यापक विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ ।

ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतका नेताहरूको सहभागी रहेको सो बैठकले  ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरिङ कमिटी समेत निर्माण गरिएको हेटैंडाबाट केशव  अधिकारीले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो  ।