ह्वीन लोमस, आर. एम. केमिकल र सिद्धार्थ प्यालेटको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) लोमस फर्मास्युटिल्स प्रा लि को सातौँ अधिवेशन फागुन १० गते सम्पन्न भयो ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले  आशाकाजि थिङको अध्यक्षतामा  ८ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

अधिवेशन उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथि नेपालले सबैलाई समान अधिकार, अवसरमा पहुँच, समानताको प्रत्याभूति र सामाजिक न्याय एवं सुरक्षा हुनुपर्नेमा जोड दिनु हुँदै सामूहिक सम्झौता गर्दा युनियनको सह अस्तित्व हुनु पर्ने र श्रम विवादलाई समाधान गर्ने उपर्युक्त विधि सामाजिक संवाद हो त्यसैले सबै पक्षले इमान्दारिताका साथ प्रस्तुत हुनु पर्ने बताउनु भयो ।

श्रमिकहरूले आफ्ना हक आधारित अधिकार लिनकालागि पनि आन्दोलन गर्नु पर्ने अवस्था दुखद भएको बताउँदै प्रमुख अतिथि नेपालले फितलो श्रम प्रशासनका कारण कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेको दुख ब्यक्त गर्नु भयो ।

अधिवेशनमा ह्वीन उप महासचिव अर्जुन चैलागाइ , सचिव अरुणा खनाल, जिफन्ट कागेस्वरि मनहरा नगर कमिटी अध्यक्ष नवीन कार्किले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

अधिवेशन उद्घाटन सत्रको अध्यक्षता मालती थापाले र सञ्चालन हरिकृष्ण रायमाझीले गर्नु भएको थियो  नवनिर्वाचित कमिटीलाई ह्वीन उप महासचिव अर्जुन चैलागाइले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो  ।

त्यसैगरी जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालको प्रमुख आतिथ्यतामा फागुण १० गते सम्पन्न ह्वीन मकवानपुर जिल्लाको हेटौडामा रहेको आर. एम. केमिकल प्रा. लि.को सातौँ प्रतिष्ठान स्तरीय अधिवेशनले  बिष्णु क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

ह्वीनको हेटौडामा रहेको सिद्धार्थ प्यालेट प्रतिष्ठानको पनि फागुण १० गते सम्पन्न दोस्रो अधिवेशनले कृष्ण प्रसाद फुयालको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

नवनिर्वाचित कमिटीलाइ पद तथा गोपनियताको सपथ ग्रहण प्रमुख अतिथी ह्वीन केन्द्रिय सदस्य बिनोद लामिछानेले गराउनु भएको थियो ।